नागेन्द्र कुमार यादव-
रामगाेपालपुर, पुस ११ गते ।
प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपालले महाेतरीकाे विभिन्न स्थानिय तहमा मशाल जुलुस निकाली विरोध प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको बिरुद्ध नाराबाजि गरेको छ ।
सम्सिकाे गाउँपालिकाकाे कार्यालय नजिकबाट निकालिएको बिराेध जुलुसमा सयकडाै नेता कार्यकर्तासहितको विरोध जुलुस सम्सिको विभिन्न भागकाे परिक्रमा गरी बिचचाैकमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा गरेकाे संसद बिघटबारे र अगामि कार्यक्रमकाे रननितिबारे उदघाेस गरेका छन ।
मशाल जुलुस लगाउने क्रममा सम्सिमा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले परिचालन गरिएको थियो ।
शाल जुलुस तथा विरोध प्रदर्शनमा उत्रेको उक्त जुलुसको अगाडि र पछाडि सुरक्षाकर्मी परिचालन गरिएको थियो । आन्दोलनकारीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी गरेका छन् । मशाल जुलुस पश्चात आयोजित विरोध सभामा पार्टीका युवा नेताहरु तथा केन्द्रीय परिसद सदस्य दिपक झा गुडु ,सम्सि गापा संयाेजक कैलाश यादवले सम्बोधन गरेका छन् ।
सम्सि गपा संयाेजक कैलाश यादवको अध्यक्षतामा आयोजित विरोध सभामा जसपाका केन्द्रीय नेताहरु दिपक झा गुडु ,शेक अनबारुल,माेमताज अहमद,मदन यादव,नरेश यादवलगायत सयकडाै नेता तथा स्थानियहरु सहभागीभइ नारा जुलुस लगाउदै संसद पुनस्र्थापनाको माग गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालले गरेको विरोध कार्यक्रम अनुसार पुस ११ गते स्थानिय तहमा मसाल जुलुस प्रदर्शन र पुस १२ गते सबै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम रहेको युवा नेता दिपक झा गुडुले जानकारी दिए ।








































































































