Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

१२ वर्षीय बालिकालाई काकाले गरे बलात्कार

प्रतिक्षा खबर
२०७७ आश्विन १४, बुधबार १९:१३

प्रतिक्षा खबर
बारा, असोज १४ गते ।
बारामा एक १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको असोज १ गते बेलुका २६ वर्षका शिवपूजन यादवले बलात्कार गरेको हो ।
‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हात समात्यो । को हो ? छोड्, भन्दै कराउँदा मुखमा ओढनी (सल) कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्‍यो ।
हारगुहार माग्दा उल्टै पिटाई खानुपरेको पीडित बालिकाको भनाइ छ । ‘मुखमा ओढ्नी कोचेको भएपनि बल गरेर कराएको सुनेर कृष्ण यादव आयो अनि मेरो हात समातेर शिवपुजनलाई भगाइदियो । त्यसपछि मलाई नै कुट्न थाल्यो’, बालिका भन्छिन्, ‘पछि कृष्णकै कुरा सुनेर आमाबुवाले पनि मलाई कुटे ।
उनका अनुसार शिवपुजन नातामा काका पर्ने व्यक्ति हुन् । घटनापछि उनी फरार छन् । यो घटना मिलाउन गाउँमा चलखेल भइरहेको छ । तर, घटना बाहिर ल्याइसकेको बालिकाको परिवार न्यायको लागि लडिरहेको छ ।
डेढ लाख रुपैयाँ लिएर मिल्नू नत्र ठीक हुन्न भन्ने धम्की आएको बालिकाकी आमा बताउँछिन् । गाउँका पञ्चहरु रुपैयाँ लिएर चुपचाप बस्नु, गाउँको कुरा गाउँमै रहन्छ भनिरहेको उनले बताइन् । ‘नत्र राति गोली चल्नसक्छ, तिमीहरु सुतेको सुत्यै हुन्छौं भनेर धम्की दिइरहेका छन्, हामी रातभरि जागै बस्छौं’, उनी भन्छिन्, ‘तर, हामीलाई पैसा हैन, न्याय चाहिन्छ ।
प्रहरीकोमा जाँदा घरमै जानु भनेर फर्काएको उनले बताइन् । यस्तो परेको बेला वडा अध्यक्षले पनि सहयोग नगरेको बालिकाकी आमाको गुनासो छ । वडा अध्यक्ष रामएकबाल साह कलवार भने बालिकाले न्याय पाउन् भन्ने पक्षमा आफू रहेको बताउँछन् ।
‘तीन दिनपछि घटनाबारे थाहा पाएपछि मैले नै प्रहरी कार्यालयमा गएर उजुरी गर्नुस् भनेको हुँ’, उनी भन्छन्, ‘सिफारिस गरिदनुस् भन्दै ४–५ जना आएर मलाइ नै दुर्व्यवहार गरे ।
असोज ३ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता भएको छ । बालिकाको बयान लिएर विस्तृत स्वास्थ्य जाँच गराइसकेको बताउँदै बाराका प्रहरी प्रवक्ता रहेका डीएसपी गौतम मिश्रले भने, ‘भारत पसेका आरोपीलाई पक्राउ गर्न उतापट्टी समन्वय भइरहेको छ ।’
बालिकाको परिवारलाई आर्थिक प्रलोभनमा पार्न खोजेको, मार्ने धम्की दिएको भन्ने जानकारी भने नभएको उनले बताए ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर