Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

२४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण थपियाे

प्रतिक्षा खबर
२०७७ आश्विन ५, सोमबार १८:३६

५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १००५ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् ।
यस्तै मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८/१८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०/१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७/७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५/५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४/४ जना, दोलखा, मकवानपुर र अछामका ३/३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २/२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर