Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

क्रसर उद्योगीले नदी उत्खन्न गर्न तट्बन्ध भत्काइ क्षति पुर्‍याएको भिडियो समाचार प्रकाशित हुँदा पत्रकारलाइ धम्कि

प्रतिक्षा खबर
२०७७ भाद्र २६, शुक्रबार १५:२३

मिति २०७७ साल भदौं २४ बुधबार नेपालवाणी अनलाईमा महोत्तरीको बर्दिबास नगरपालिका-६ किसाननगरमा क्रसर उद्योगीले नदी उत्खन्न गर्न तट्बन्ध भत्काइ क्षति पुर्‍याएको भिडियो समाचार प्रकाशित हुँदा त्यससंग सम्बन्धित भएर सामाजिक सञ्जालमा आएका समाग्री र ती समाग्रीमाथि भएका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानार्षण भएको छ ।
किसाननगरस्थित रातु खोलाको पूर्वी किनारमा संचालित सुमित बालुवा प्रशोधन उद्योगले अबैध रुपमा उत्खनन गरेको नदीजन्य बस्तु ढुवानी गर्न खोलाको तटबन्ध नै भत्काएको समाचार पत्रकार ललन मण्डलले सम्प्रेशण गर्दा बर्दिबास नगरपालिका-७ का वडा अध्यक्ष फाल्गुण सुसलिङ्ग मगरले आफ्नो फेसबुक पृष्ठमा लेखेका स्टाटस् र त्यसमा भएका टिप्पणीहरुको समर्थनमा अभिव्यक्त विचारले हिंसालाई उक्साएको प्रतित हुन्छ ।
वडा अध्यक्ष मगरको स्टाटस्मा बाबु चौलागाई नाम गरेका फेसबुक प्रयोगकर्ताले पत्रकारको ‘हात र जिब्रो काट्ने’ भनी गरेका टिप्पणीमा वडा अध्यक्ष मगरले ‘ हजुर, त्यसको लागि त तयार छु जुध्न’ भन्ने रिप्लाई प्रति हाम्रो गम्भिर आपती छ । जनप्रतिनिधीले यस्तो टिप्पणी गर्दा हिंसालाई बढावा दिएको हाम्रो ठम्याई छ ।
नदीनाला, वन सम्पदा, विकास संरचनाहरुको उपयोग, संरक्षण र प्रबद्र्धनको कुरा स्थानीय तहले बिधिसम्मत गर्ने कानुनी व्यवस्था भएपनि यहाँका नदी नादीनाला तथा प्राकृतिक सम्पदामाथि अवैध दोहन भइरहँदा जनप्रतिनिधीको मौनतालाई जनताले अवैध धन्दा संचालन गर्नेहरुसंगको साँठगाँठका रुपमा बुझ्ने गरेका छन् । यसक्रममा जनताबाट अभिब्यक्त आक्रोसमा जनप्रतिनिधिले करोडौं कमाएका सम्मको भाव ब्यक्त भएको छ ।
सञ्चार क्षेत्रले नदी र नदी उकास क्षेत्रको अबैध उत्खनन बारे बिषय लगातार उठाउँदै आएका छन् । यद्यपि यस्ता अबैध उत्खनन गर्नेबिरुद्ध कडा कारवाही भएको छैन । आफ्नो वडा/ नगरमा अबैध उत्खनन् गर्ने काय नरोक्ने, बिकास संरचनाको संरक्षणतर्फ उदाशिन देखिने तर यि बिषय उठाउने पत्रकारबिरुद्ध हात काट्ने र जिब्रो थुत्नेसम्मका टिप्पणीमा समर्थन जनाउने जनप्रतिनिधिको काम उदेक लाग्दो नै छ । यस्ता गतिबिधिले हाँमी जिल्लाका पत्रकारले सुरक्षाको बिषय सम्वेदनशील बनेको महसुस गरेका छौं ।
हामी पत्रकार नदीनाला, प्राकृतिक सम्पदाको संरक्षण , प्रबद्र्धन र न्यायोजित एबम् बिधिसम्मत उपयोगको कुरामा जोड दिन्छौं । यसभित्र देखिने विकृति उजागर गर्नु हाम्रो ब्यवसायिक धर्म हो । पत्रकारलाई धम्कीपूणर् भाषा प्रयोग गरेर गलाउन खोज्ने प्रवृति भत्र्सनायोग्य छ । हाँमी सम्बन्धित सबैपक्षलाई पत्रकारहरुको सुरक्षाप्रति सचेत हुन र सम्वेदनशील हुन अपिल गर्दछौ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर