Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भारतमा एकैदिन थपिए ९५ हजारभन्दा धेरै काेराेना संक्रमित

प्रतिक्षा खबर
२०७७ भाद्र २५, बिहीबार १६:००

२५ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ९५ हजार ७३५ नयाँ संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एकैदिन सबैभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् ।
बुधबार भारतमा ११ लाख २९ हजार ७५६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको थियो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको छ
त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १७२ जनाको मृत्यु भएको हो ।
सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा संक्रमित भेटिएका छन् भने २७ हजार ७८७ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै आन्ध्र प्रदेशमा पाँच लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने चार हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७८४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म नौ लाख १९ हजार १८ संक्रमित निको हुन बाँकी छन् ।
– स्रोत : एएनआई

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर