Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र १७, बुधबार २२:५४

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
काठमाडौंका तीन तथा ललितपुर, भक्तपुर, धादिङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, तनहुँ र बाराका एकएक जनाको मृत्यु भएको हो ।
काठमाडौं-१ नक्साल, काठमाडौंमा ८९ बर्षीया महिलाको भदौ १६ गते होम आइसोलसनमै मृत्यु भएको छ । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनालाई १३ गते कोरोना पुष्टि भएको थियो ।
काठमाडौं-३० मैतिदेवी, काठमाडौंका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । १५ भदौमा अस्पताल भर्ना भएका उनलाई १६ गते संक्रमण पुष्टि भएको थियो । उनी रत्तचाप, मधुमेहबाट पीडित थिए ।
काठमाडौं-५ नागार्जुन, काठमाडौंका ७० वर्षीय पुरुषको मेधा अस्पतालमा मृत्यु भएको छ । उच्च ज्वरो तथा श्वास प्रस्वासमा समस्या भएर भदौ ८ गते अस्पताल भर्ना भएका उनी दमको समेत बिरामी थिए ।
मध्यपुर थिमी-७, भक्तपुरका ४० वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । ४ भदौमा संक्रमण पुष्टि भएका उनको भेल्टिलेटरमा उपचार भइरहेका क्रममा मृत्यु भएको हो । उनकी आमाको चार दिन अघि मात्र मृत्यु भएको थियो ।
ललितपुर-१५ सातदोवाटो, ललितपुरकी ७० वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापका बिरामी उनी १४ गते अस्पताल भर्ना भएकी थिइन् र १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
धादिङका ४७ वर्षीय पुरुषको पाटन अस्पतालम मृत्यु भएको छ । दम र मिर्गौलाका विरामी उनी १३ गते अस्पताल भर्ना भएका थिए र १६ गते कोरोना पुष्टि भएको थियो ।
बुटवल-६, रुपन्देहीका ५७ वर्षीय पुरुषको भीम अस्पताल, भैरहवामा मृत्यु भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित उनको १५ भदौबाट आईसीयूमा उपचार भइरहेको थियो ।
कपिलवस्तु-११, कपिलवस्तुकी ६० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ७ भदौमा अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।
रामग्राम-५, नवलपरासीका ६५ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि १५ भदौमा अस्पताल भर्ना भएकी उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । आईसीयूमा राखेर उपचार गर्ने क्रममा मंगलबार राति उनको मृत्यु भएको हो ।
ब्यास-२, तनहुँकी २० वर्षीया महिलाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । मिर्गौलामा समसया भएर डायलासिस गराइरहेकी उनलाई अल्का अस्पताल, पुल्चोकबाट मंगलबार मात्र शिक्षण अस्पताल लगिएको थियो ।
सिम्रौनगढ-९, बाराका ९७ वर्षीय पुरुषको कोरोना अस्तापल गण्डकमा मृत्यु भएको छ । १४ भदौमा संक्रमण पुष्टि भएका उनी दम लगायतका दीर्घरोगबाट पीडित थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर