Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइयो

प्रतिक्षा खबर
२०७७ भाद्र ६, शनिबार १९:४६

प्रतिक्षा खबर
साेनमा, भदौ ६ गते
मिथिलाञ्चल सहित तराई मधेशमा अाज चाैरचन पर्व मनाइएको छ। प्रत्येक वर्ष भदौ महिनाको शूक्लपक्ष चतुर्थी तिथिका दिन तराई मधेशमा बस्ने हिन्दुधर्मावलम्बीहरुले यो पर्व चन्द्रमालाई पूजा गरी मनाउने गर्दछन् ।
अाज साँझ विविध प्रकारको मिठाई ,फलफूल तथा पूजा समाग्री चद्रमालाई अर्पण दिई पर्व मनाइएको छ ।
पर्वको पूर्व सन्ध्यामा शुक्रबार पोखरी नदि, तलाउ एवं सरोवरहरुमा स्नान गरि खाना खाएका ब्रतालुहरु अाज शनिबार दिनभर उपबास बसि साँझ पख विविध प्रकारको मिठाई ,फलफूल तथा पूजा समाग्री चद्रमालाई अर्पण दिने गर्दछन् ।
घर परिवारको सुख शान्ति एवं समृद्धि तथा, सन्ता सुख, विभिन्न प्रकारका रोग,दुःख कष्टबाट मुक्ति पाइने पौराणिक जनविश्वास सहित यो पर्व निष्ठापूर्वक मनाउने गरिन्छ ।
चन्द्रमाको पूजाआजा गरि मनाईने हुनाले यसलाई चौठचन्द्र वा चौरचन भन्ने गरिन्छ
यो पर्व आँगनमा मनाउने हुनाले विहानै आँगन तथा घरलाई सरसफाई र लिपपोत गरि पवित्र बनाउने गरिन्छ । त्यपछि साँझ पख चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यता अनुरुप पर्व मनाउने परिवारजनले हातमा एक दिन अगावै माटोको भाडो मा जमाएको दही , पुरी , खीर , खाजा मिठाई, केरा जस्ता विविध प्रकारको फलफूल तथा पूजा समाग्रीहरु लिएर भगवान चन्द्रदेवको दर्शन गर्ने परम्परा रहि आएको छ । चन्द्रदेवलाई अर्पण दिए पश्चात घरका सदस्यहरु मिलेर पर्वमा चढाएको प्रसाद ग्रहण गर्ने गर्दछन् ।
यो पर्व नगर्ने घरपरिवारका सदस्यहरुलाई पर्व गर्ने आफन्त शुभचिन्तकहरुले निम्ता गरि प्रसाद खुवाउने, घरमा पठाउने तथा वितरण गर्ने प्रचलन छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर