Advertisement
ताजा खबर
जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग

थप ८३८ कोरोना संक्रमण, संक्रमित संख्या ३० हजार नाघ्यो

प्रतिक्षा खबर
२०७७ भाद्र ५, शुक्रबार २१:२४

५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये उपचारपछि निको भएर १८ हजार २१४ जना डिस्चार्ज भएका छन् । शुक्रबारमात्र २५० जना डिस्चार्ज भएका मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् ।
नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६/६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४/४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३/३ जना रहेका छन् ।
उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जना संक्रमित थपिएका छन् ।
ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर