Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यूभईसकेपछी काेराेना संक्रमन पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार २०:४४

नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुषमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बारामा कोरोना संक्रमणबाट मर्नेको संख्या ५ पुगेको छ ।
नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ बर्षका पुरुष पहिलेदेखि नै दमका रोगी थिए । ३/४ दिनदेखि ज्वरो र खोकी लागेपछि उनलाई अचानक स्वास प्रश्वासमा समस्या भएपछि बिहीबार बिहान नारायणी बयोधा अस्पताल लगिएको थियो ।
बयोधाले नारायणी अस्पतालका डा. उदय नारायण सिंहसँग समन्वय गरेर साढे ३ बजे नारायणी अस्पताल पठायो । आकस्मिक कक्षमा उपचारको क्रममा साढे ८ बजे उनको मृत्यु भएको थियो ।
त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई ४/५ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएको थियो ।
बुधबार बिहान अचानक स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज लगियो । नेशनलले आईसीयू खाली नभएको भन्दै बुधबार मध्यान्ह नारायणी अस्पतलमा रिफर गरियो ।
नारायणी अस्पतालको आईसीयुमा राखेर उपचार हुँदै गर्दा उनमा बिहीबार विहान स्वास प्रश्वासमा झन् समस्या थपिदै गयो । अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका बेला बिहीबार बिहान ९ बजेतिर उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । उनको छातीको एक्सरे रिपोर्ट हेर्दा निमोनिया देखिएको थियो । अनलनईन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर