Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

८ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ श्रावण २७, मंगलवार १४:४८

विराटनगर, साउन २७ गते
विराटनगरका ८ जना सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय एक दैनिकमा कार्यरत पाँच पत्रकार र एक कम्प्युटर अपरेटर कोरोना संक्रमित भएका छन् ।
त्यसैगरी राजधानीबाट प्रकाशित हुने एक दैनिकका स्थानीय संवाददाता र अर्को दैनिकको मार्केटिङमा कार्यरत व्यक्तिमा कोरोनाबाट संक्रमण भएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेलले जानकारी दिए ।
‘साउन २३ गते स्बाव संकलन गरी परीक्षणका लागि पठाइएकोमा त्यसको रिपोर्ट हिजो ९सोमबार बेलुका बल्ल आयो । त्यसमा ८ जना संचारकर्मी कोरोना संक्रमित भएको देखिएको छ । अध्यक्ष लुईटेलले भने, ‘साउन २४ र २५ गते स्वाब संकलन गरिएका साथीहरुको रिपोर्ट आउन बाँकी नै छ ।
संक्रमित भएकाहरुमा कोभिड–१९ को लक्षण समेत देखिएको लुईटेलले बताए । ‘ज्वरो हुँदाहुँदै स्वाब दिनुभएका केही साथीको ज्वरो निको समेत भैसकेको छ,’ उनले भने, ‘केही साथीहरु अहिले पनि घरमा आइसोलेसनमा बस्नुभएको छ ।
लुइटेलले आफ्नै घरमा रहेका स्थानीय सञ्चारकर्मीलाई भन्दा डेरामा बस्नेहरुलाई बढि समस्या परेको बताए । ‘डेरा गरी बस्ने सञ्चारकर्मीलाई बढि समस्या परेको छ । आइसोलेसनमा राखिदिनुहोस भनेर विभिन्न निकायहरुलाई आग्रह गर्‍यौं, तर कसैले पनि वास्तै गरेको छैन,’ उनले भने ।
पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमण भइरहेका ठूला शहरमध्ये विराटनगर एक हो ।
स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांकअनुसार मोरङ जिल्लामा ३ सय ३४ सक्रिय संक्रमित छन् । त्यहाँका ल्याबको क्षमताभन्दा बढि स्वाब संकलन भएको हुँदा समयमा रिपोर्ट दिन नसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर