Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

राज्यमन्त्री यादव प्रेस सल्लाहकारकाे नाउँमा कार्यकर्ता पोस्नमा व्यस्त

प्रतिक्षा खबर
२०७७ श्रावण १८, आईतवार २१:३८

दिपक कर्ण
जनकपुरधाम : एउटा पनि उदाहरणीय वा गौरवको योजना ल्याउन नसकेको प्रदेश २ सरकार र सरकारका मन्त्रीहरु भने अहिले कार्यकर्ता पोस्नमा व्यस्त देखिएका छन् । पछिल्लो पटक यसको प्रत्यक्ष उदाहरणको रुपमा प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई लिन सकिन्छ । उनले कुनैपनि कानूनी प्रक्रिया पुरा नगरि कार्यकर्ता पोस्ने नाममा एकजना प्रेस सल्लाहकार नियुक्त गरेका छन् ।
सल्लाहकार नियुक्ति गर्नु अगाडि मन्त्रालयले सल्लाहकारको कार्यविवरण तयार गरी सल्लाहकारले सम्पादन गर्नुपर्ने मुख्य मुख्य कार्य, आवश्यक न्यूनतम योग्यता, सेवाको अवधि र पारिश्रमिक एवं सुविधा खुलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएर मात्र नियुक्त गर्नुपर्ने कानूनी प्रावधान छ । तर, उनले ति कुनै प्रक्रिया नर्पुयाइ कार्यकर्ता पोस्ने नाममा आफ्ना नजिकि व्यक्ति ओम प्रकाश यादवलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् ।
कुनैपनि मन्त्रीले नियुक्त गरेका सल्लाहकारले सम्बन्धित मन्त्रालयमा नियमित रुपमा उपस्थित भई हाजिरी पुस्तिकामा हाजिरी जनाउनुपर्ने कानूनी प्रावधान छ । तर, मन्त्रीका सल्लाहकारहरु कुनै दिन पनि मन्त्रालयमा उपस्थित हुँदैनन्, हाजिरी गर्ने कुरा त परै जाओस,‘एक कर्मचारीले बताए ।
प्रादेशिक मन्त्री एवं सांसद् लगायत देशका ७ सय ५३ वटै स्थानीय तहका पदाधिकारीले समेत आफू निकट पत्रकारहरुलाई घोषित वा अघोषित रुपमा प्रेस सल्लाहकारको दर्जा दिएका छन् ।
सल्लाहकारले आफुलाई तोकिएको सम्पूर्ण कार्यको आवधिक कार्यतालिका तर्जुमा गरी सो अनुरुप कार्यान्वयन गर्नुपर्ने हुन्छ भने उनीहरुले कार्यतालिका बमोजिम आफूले सम्पादन गरेको कार्यहरु उल्लेख गरी सम्बन्धित मन्त्रालयमा प्रतिवेदन समेत पेश गर्नुपर्दछ । तर, यी र यस्ता कानूनी प्रावधानको कसैले कुनै परवाह नै नगरि आफुखुशी जे मन लाग्छ त्यहि गर्दै आइरहेका छन् ।
यस सम्बन्धमा राज्यमन्त्री यादवले आफ्नो सचिवालयलाई एकजना प्रेस सल्लाहकारको नितान्त आवश्यकता रहेकोले आफ्नो निजी श्रोतबाट उनलाई सेवा सुविधा र पारिश्रमिक व्यहोर्ने गरि नियुक्त गरेको बताएका छन् । उनले भने,‘ कानूनी रुपमा सल्लाहकार राख्ने व्यवस्था नभएपनि आफुलाई सचिवालय सञ्चालनका साथै मिडियामा पनि समाचार प्रकाशन/प्रसारण हुने हिसाबले ओम प्रकाश यादवलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेको छु ।’
मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐनमा प्रदेश सरकारले राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार र प्रेस सल्लाहकार नियुक्त गरी पारिश्रमिक दिने व्यवस्था नै छैन् । तर पनि उनीहरुले मासिक रुपमा तलब र अन्य सुविधा लिँदै आएको देखिएको छ ।
ज्ञातव्य होस, नेपालमा राष्ट्रपति, प्रधानमन्त्री एवं प्रदेश प्रमुखका लागि मात्रै कानुनी रुपमा प्रेस सल्लाहकार राख्ने व्यवस्था छ ।सभार नेपाल टप

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर