Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

फतुवा विजयपुरको नगरसभा बदर गर्न उच्च अदालतको आदेश

प्रतिक्षा खबर
२०७६ माघ १०, शुक्रबार १४:५६

रौतहट : प्रदेश २ उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले रौतहटको फतुवा विजयपुर नगरसभा बदर गर्न आदेश दिएको छ।

उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय दिल्लीराम आचार्य र अन्जु उप्रेतीको संयुक्त इजलासले बिहीबार फतुवा विजयपुर नगरपालिकाको तेस्रो नगरसभा अवैध ढंगले भएको ठहर गर्दै बदर गर्ने आदेश दिएको हो।

मुद्दाका प्रतिवादी फतुवा विजयपुर नगरप्रमुख गोपाल प्रसाद यादवको तर्फबाट तीनजना र वादी उप प्रमुख कान्तिदेवी महतोको तर्फबाट चार जना कानु ब्यबसायीले बहस गरेका थिए।

कानुन व्यवसायीको वहसपछि न्यायाधीश द्वयको संयुक्त इजलासले गत पुस ११ गते भएको तेस्रो नगरसभा बदर गर्ने निर्णय भएको फतुवा विजयपुर नगरपालिका १ का वडाध्यक्ष संजय साहले जानकारी दिए। तेस्रो नगरसभामा अल्पमतमा रहेका नगर प्रमुख यादव जबरजस्ती नगरसभा गरेको उप प्रमुख कान्तीदेवी महतोको दाबी छ।

नगरपालिकाको आन्तरिक आम्दानीसहित कुल १७ करोड रुपैयाँ बजेट रहे पनि नगर प्रमुख यादवले मात्र ८ करोडको विकासको योजना बाँडेर बाँकी रकम अनियमितता गर्ने मनसायले नगरसभा गराएको भन्दै उप प्रमुख महतो उच्च अदालत अस्थायी इजलास वीरगंजमा मुद्दा दायर गरेकी थिइन्। नगर सभा नहुँदा अहिलेसम्म सो नगरपालिकाका शिक्षक तथा बिभिन्न कर्मचारीले तलब पाउन सकेका छैनन्। यति मात्र नभइ बालबालिकालाई दिइने खाजा सेवा समेत प्रभावित बनेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर