Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

राजविराजमा पिसी अार परीक्षणकाे डेमाे परीक्षण सफल

प्रतिक्षा खबर
२०७७ जेष्ठ १८, आईतवार २१:५५

श्याम शुन्दर यादव
राजविराज, १८ जेठ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ परीक्षण प्रयोगशाला रियल टाईम पिसिआर मेशिनको डेमो परीक्षण सोमवार सफलतापूर्वक गरिएको छ ।
इन्जिनियरसहित प्राविधिक एवम् सम्वन्धित विषयका जानकारहरुद्वारा जडान कार्य सम्पन्न भएको पिसिआर मेसिनको डेमो सफलतापूर्वक गरिएको हो । मन्त्रालयबाट आएको टोलीले प्रयोगशालामा खटिने टोलीलाई स्वाब संकलन, पिसिआर मेसिनको प्रयोग, अपनाउनुपर्ने सावधान लगायतका विषयमा जानकारी गराएका छन् ।
पिसिआर परीक्षणका क्रममा स्वाब संकलनदेखि रिपोर्ट तयार गर्ने चरणहरुबारे प्रयोगात्मक डेमो परीक्षण गरिएको छ । प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगी समेत गरी १० जना जनशक्ति परिचालित हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । सम्पूर्ण चरणहरु पुरा भई मेसिनको सफल परीक्षण भईसकेकोले सोमवारदेखि स्वाब परीक्षण कार्य थालिने उनले बताए ।
सम्पन्न प्रदेश नम्वर २ को सामाजिक विकास मन्त्रालय जनकपुरले गजेन्द्रनारायण सिंह अस्पतालकालागि पिसिआर मेसिन पठाई आवश्यक व्यवस्थापनको समेत प्रबन्ध मिलाएको छ । अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमै सञ्चालन हुने उक्त मेसिनमा ९६ ओटा क्यासेट लाग्ने अर्थात एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्नसक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको स्याम्पल परीक्षण गर्दै दायरा समेत विस्तारै बढाईदै लगिने अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
राजविराजमा प्रयोगशाला नहुँदा स्वास्थ्य कार्यालय सप्तरी र अस्पतालमा संकलन गरिएका स्वाब धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईदैआएको थियो । त्यहाँबाट स्वाब रिपोर्ट आउन १० दिनसम्म लाग्ने गरेकोले परीक्षण कार्यले गति लिन नसकेकोमा अब राजविराजमै परीक्षण हुने भएपछि कोरोना पहिचान कार्यमा तीब्रता पाउनुकासाथै जिल्लावासीलाई सहज समेत हुने डा. झाले बताए ।तस्विरहरुः श्यामसुन्दर यादव/राजविराज

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर