Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

प्रदेश सांसद अशोक यादवको गाडी प्रहरी नियन्त्रणमा

प्रतिक्षा खबर
२०७७ जेष्ठ २, शुक्रबार २०:३३

प्रतीक्षा खबर
जनकपुरधाम, जेठ २ गते ।
देशैभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले प्रदेश २ मा लकडाउनलाई कडा बनाएको छ । सवारी साधनहरु निर्वाधरुपमा हिँड्न थालेपछि प्रहरीले पछिल्लो दुई दिनदेखि लकडाउनमा कडाइ गरेको हो ।
यसैबीच प्रहरीले बिनापास गाडी चलाएको भन्दै प्रदेश सांसद अशोक यादवको गाडी नियन्त्रणमा लिएको छ । जनकपुरको भानुचोक नजिकबाट प्रहरीले प्रदेश सांसद यादवको गाडी नियन्त्रणमा लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
प्रहरीले चेकजाँच गर्दा पास देखाउन नसकेपछि गाडीलाई नियन्त्रणमा लिइएको सीडीओ निरौलाले बताए । ‘लकडाउन उल्लंघन गरेर बिनापास सञ्चालन भएका सरकारी गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा उहाँ हुनुहुन्थेन। प्रहरीले चालकलाई पास देखाउन भन्यो । पास नदेखाएपछि नियन्त्रणमा लिइएको हो ।’, उनले भने ।
कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा लकडाउनलाई प्रभावकारी बनाउन कडाइ गर्नुको विकल्प नरहेको निरौलाले बताए । लकडाउन उल्लंघन गरी सञ्चालन भइरहेका सरकारी गाडीसहित सयभन्दा बढी सवारी साधन प्रहरीले शुक्रबार जनकपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
यसैगरी सरकारी तथा निजी गरी प्रदेश २ मा शुक्रबार साँझसम्म लकडाउन उल्लंघन गरेर हिँड्ने १८२ सवारी साधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर