Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साह तीन दिनपछि परे पक्राउ

प्रतिक्षा खबर
२०७७ जेष्ठ १, बिहीबार ११:११

रासस-
गाैशाला, जेठ १ गते ।
आफ्नै छिमेकीको हत्या गरेर फरार भएका महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन् ।
गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधवार प्रहरीले पक्राउ गरेको हो ।
दुवै जना सँगसँगै हिँड्ने र सँगै रक्सी खाने गरेका ठाकुर साह गत आइतवार (वैशाख–२८ गते) दिनभरीसँगै रक्सी खाएर मातेपछि भनाभन गर्दै मकैबारीमा पसेका थिए ।
त्यहीँ नै भनाभन बढ्दै जाँदा हातमा बोकेको बाँसको लठ्ठीले ठाकुरलाई साहले हान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै फरार भएका साहलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीसहितको टोलीले घटनाको तीन दिनपछि लुकिरहेको ठाउँबाट पक्राउ गरेको हो।
पक्राउ गरिएका साहले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।
साहलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइ म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
कुनै नियोजित षड्यन्त्र बेगर नै रक्सी खाएर मातेपछि घटना भएको अहिलेसम्मको अनुसन्धानले खुलेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर