Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

सांसद डा यादवकाे गाउँपालिकामा मशाल जुलुस प्रदर्शन

प्रतिक्षा खबर
२०७७ बैशाख १६, मंगलवार २१:५१

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
महोत्तरी, १६ बैशाख । महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी नेपाल सरकारले दर्ता नगरेको बिरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकतारुहले महोत्तरी जिल्लामा मशाल जुलुस प्रदर्शन गरेका छन् ।
डा सांसद यादवलाई अपहरण गर्नेलाई कारवाहीको माँग गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले महोत्तरीको सम्सी गाउँपालिकामा अाज साँझ मशाल जुलुस प्रर्दशन गरेको हो ।

निकालिएकाे मशाल जुलुसमा समाजिक दुरीलाई ध्यान दिदै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले सम्सि गाउँपालिका वाडा नम्बर ६काे विभिन्न भागको परिक्रममा गर्दै दोषीलाई कारवाही लगायतको नारावाजी समेत गरेको जनाईएको छ । सम्सि गाउँपालिकाकाे मुल गेटबाट शुरुगरिएकाे मशाल जुलुस सम्सि स्मारक नजिक अाएर समापन गरिएकाे थियाे ।
सांसद डा सुरेन्द्र यादव अपहरण प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरको छ ।
नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद यादवको अपहरण गरेको जसपाको दावी छ ।
समाजवादी पार्टी विभाजन गर्नका लागि सांसद यादवलाई काठमाडौं लगिएको बस्नेत र खनालले सार्वजनिक संचार माध्यममा समेत स्वीकार गरि सक्नुभएको छ । यादवले पनि आफ्नो इच्छाविपरीत काठमाडौं ल्याइएको बताउँदै आउनुभएको छ ।

अपहरण सम्बन्धी उजुरी दिन मंगलवार जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपनि उजुरी लिएको छैन् ।
यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेकामा प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर