Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

काेराेना भाइरस संक्रमितकाे संख्या २४लाख नाघ्याे

प्रतिक्षा खबर
२०७७ बैशाख ८, सोमबार ०७:३९

प्रतीक्षा खबर
काठमाडौं, वैशाख ८ गते ।
विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसबाट २४ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हाे ।
सङ्क्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेकाे छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेकाे र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । सङ्क्रमणका कारण एक लाख ६४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
संयुक्त राज्य अमेरिकामा मात्रै ४० हजार पाँच सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने सात लाख ६४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै इटलीमा २३ हजार ६ सयभन्दा धेरै, स्पेनमा २० हजार चार सयभन्दा धेरै, फ्रान्समा १९ हजार सात सयभन्दा धेरै र बेलायतमा १६ हजारभन्दा धेरैको ज्यान गएको छ ।
यस्तै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा १६ हजार एक सय १६ जनामा कोरोना पुष्टि भएकाेमा पाँच सय १९ जनाको ज्यान गएको छ ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर