Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जसपा नेपालबाट बाहिरियाे तमलोपा

प्रतिक्षा खबर
२०८२ फाल्गुन १०, आईतवार १७:०३

काठमाडौँ । यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । दलहरू चुनाव आफ्नो पक्षमा पार्न घरदैलो अभियानमा व्यस्त छन् । नेताहरू पार्टी परिवर्तन गर्नेक्रम जारी छ । तर गत पुस २७ गते मात्रै एकीकरण भएको तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएको छ ।

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले आइतबार प्रेस विज्ञप्ति जारी गरी जसपा नेपालसँग कुनै सम्बन्ध नरहेको भन्दै अलग भएको घोषणा गरेको हो ।

सुरुमा तमलोपाले महन्थ ठाकुर नेतृत्वको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता गरेको थियो । पछि लोसपा र जसपा नेपालबिच एकता भएको थियो ।

गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टी एकीकृत हुने सहमति भएको थियो । तर त्यस अनुसार एकीकरणको प्रक्रिया पूरा हुन सकेन

। पुस २७ गते लोसपा र जसपा नेपालबिच एकीकरण भए पनि एकीकरणको प्रक्रियामा आफ्नो पार्टीलाई संस्थागत सहभागिता नगराएको दाबी गर्दै तमलोपाका अध्यक्ष लालले राजनीतिक मर्यादा, आत्मसम्मान र संस्थागत मूल्यलाई ध्यानमा राखी जसपा नेपालसँग तमलोपाको कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मधेसी लगायत सिमान्तिकरणमा पारिएकाहरूको एजेन्डासहित बृहत् राजनीतिक शक्ति निर्माण गरी विगतमा भएका त्रुटिहरूमा सुधारको सन्देश सहित एकजुट भई अगाडि बढ्ने मानसिकता समेत देखिएन ।’

तमलोपा मधेसी, थरुहट, आदिवासी–जनजाति, दलित, मुस्लिम लगायतको एजेन्डाको निमित्त निरन्तर कार्यरत रहिरहने बताउँदै उनले फागुन २१ गते हुने निर्वाचनमा गणतन्त्र, सङ्घीयता र समावेशी लोकतन्त्र प्रति आस्था राख्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर