• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा नेपालले सार्वजनिक गर्‍याे २७ बुँदे घाेषणापत्र


जसपा नेपालले सार्वजनिक गर्‍याे २७ बुँदे घाेषणापत्र

काठमाडाैँ । जनता समाजवादी पार्टी(जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग–प्रतिवद्धता सहित २७ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार पार्टीले २७ बुँदे घोषणापत्र सार्वजनिक गरेको हाे ।

पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ। ‎घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ।

उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०+१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ। ‎पार्टीले संघीय प्रणालीको सिद्धान्तअनुसार प्रदेशलाई स्वायत्त, अधिकारसम्पन्न बनाउँदै स्वशासन (Self-Rule) र संघमा साझेदारी (Shared-Rule) प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ।

साथै मधेशी, आदिवासी जनजाति, थारू, दलित, महिला, मुस्लिम लगायत सीमान्तकृत समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति गराउने प्रतिबद्धता जनाएको छ।

‎घोषणापत्रमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण, दलित र महिलाका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्र, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, राष्ट्रिय सभामा जनसंख्याको अनुपातमा प्रतिनिधित्व, तथा स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गरिनुपर्ने प्रस्ताव समेटिएको छ। ‎

यसैगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यको दायित्व बनाउँदै निःशुल्क तथा गुणस्तरीय सेवा, भ्रष्टाचारविरुद्ध कठोर कारबाही, सुशासन र पारदर्शिताको सुनिश्चितता, राजनीतिक नियुक्तिमा योग्यता प्रणाली लागू गर्ने नीति पनि घोषणापत्रमा उल्लेख छ। ‎

कृषि क्रान्ति, सहुलियत कृषि ऋण, सिंचाइ र बजार व्यवस्था, औद्योगिकीकरणमार्फत गरिबी र बेरोजगारी अन्त्य गर्ने लक्ष्यसहित राष्ट्रिय तथा वैदेशिक लगानी आकर्षण गर्ने नीति पनि जसपा नेपालले अघि सारेको छ।

साथै बहुभाषिक नीति, मातृभाषाको प्रयोग, युवा स्वरोजगार कार्यक्रम, बेरोजगारी भत्ता, प्रदेश प्रहरी र कर्मचारी व्यवस्था, तथा जनसंख्या र मानव विकास सूचकांकका आधारमा बजेट वितरण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश गरिएको छ।

‎पार्टी नेतृत्वले घोषणापत्र जनताको अधिकार, पहिचान र समृद्धिका लागि मार्गचित्र भएको दाबी गर्दै जनतासँग समर्थनको अपिल गरेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

बुधबारदेखि सेना परिचालन

१२ माघ २०८२, आईतवार
अन्तर्राष्ट्रिय

एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा प्रवेश

१२ माघ २०८२, आईतवार
‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

‎जसपा नेपाल महाेत्तरीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा निर्वाचन परिचालन कार्यक्रम सम्पन्न

१२ माघ २०८२, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपालका दुई नगरप्रमुख एमालेमा प्रवेश

१२ माघ २०८२, आईतवार
Next Post

मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपात हुने

महोत्तरी–२मा१९ पटक मन्त्री बनेका भण्डारीलाई नयाँले दिँदैछन् चुनौती

महोत्तरी–२मा१९ पटक मन्त्री बनेका भण्डारीलाई नयाँले दिँदैछन् चुनौती


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh