Advertisement

रेशम चौधरीले पनि गराए कैलाली-१ बाट उम्मेदवारी दर्ता

प्रतिक्षा खबर
२०८२ माघ ६, मंगलवार १९:२४

६ माघ, काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरी नयाँ पार्टी नाउपा नेपाल खोलेका थिए ।

टीकापुर घटनापछि भूमिगत रूपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर नाउपा खोलेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर