Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

लुकेर बसेका १९ जमाती सहित २६ जना परे पक्राउ

प्रतिक्षा खबर
२०७६ चैत्र ३०, आईतवार ११:३३

प्रतीक्षा खबर
वीरगंज, चैत ३० गते ।

कोरोना भाइरस संक्रमणको अवधिमा लकडाउनका बाबजुद वीरगंजका मस्जिदमा लुकेर बसेका १९ जमाती सहित २६ जना पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ गरेका २६ जना मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती समेत रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेहरु अन्यमा वीरगन्जका ३ जना मौलाना र भारतबाट पाहुना आइ बसेका ४ जना रहेका छन् ।
उनीहरुलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी टोलीले छपकैयाको मस्जिदबाट ११ र घुसुकपुरको मस्जिदबाट १५ गरी २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको स्कटिङमा क्वारेन्टाइनमा पुर्‍याएको उनले बताइन्।
यसअघि गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर