बंगलादेश घटना विरुद्ध जनकपुरधाममा साधुसन्तको विशाल प्रदर्शन


जनकपुरधाम, पुस १० । बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको बर्बरतापूर्वक मुस्लिम अतिवादीहरुले गरेको हत्या विरुद्ध जनकपुरधाममा साधुसन्तहरुले विशाल विरोध प्रदर्शन गरेको छ ।

श्रीरामानन्दीय वैष्णव संघको आयोजनामा जानकी मन्दिरबाट शुरु भएको विरोध रैली मिल्स एरिया, भाुन, शिवचौक हुदै जनकचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

वैष्णव संघका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको नेतृत्वमा निस्केको रैलीका सहभागीहरुले विश्वका हिन्दु एक हो , दोषीमाथि कारबाहीको लागि कुटनीतिक पहल गर, बंगलादेश सरकार मुर्दावाद जस्ता नाराहरु लगाएको थियो ।

प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बंगलादेशमा हिन्दुहरु माथि भइ रहेको बर्बरता तत्काल रोक्नका लागि कुटनीतिक पहल गर्न नेपाल सरकार संग माग गरे ।

दोषीलाई कडाभन्दा कडा कारबाही र अल्पसंख्यक हिन्दुहरु माथिको बर्बरता तत्काल नरोकिए नेपालमा रहेको बंगलादेशका दुतावास तत्काल फिर्ता गर्न समेत मांग गरेका छन ।

उनले नेपालमा बंगलादेशी रोहिङ्गियाहरु घुसपैठ गरिरहेको उल्लेख गर्दै अवैध घुसपैठ नरोकिए नेपालको अवस्था कमजोर तर्फ सचेत रहन आग्रह समेत गरे ।

प्रदर्शनमा हिन्दु सम्राट सेना, राष्ट्रिय एकता अभियान, हिन्दु समाज, विश्व हिन्दु परिषद लगायतका संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post