Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मधेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ

प्रतिक्षा खबर
२०८२ मंसिर १२, शुक्रबार १२:१८
१२ मंसिर,  । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा आज शुक्रबार पनि सुनुवाइ हुँदै छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ । विहीबार यो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ सांसदहरुले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मुख्यमन्त्री यादवविरुद्ध रकीप्रसाद यादव लगायतले दायर गरेको अर्को एक रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै काम नगर्न आदेश दिएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा यादवलाई मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएपछि चर्को आलोचना व्यहोरेकी भण्डारीलाई सरकारले प्रदेश प्रमुखबाट पदमुक्त गरेको थियो ।

नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण नियुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर