• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बिहारको मुख्यमन्त्री बन्दै नितिशकुमार, भोलि शपथ


बिहारको मुख्यमन्त्री बन्दै नितिशकुमार, भोलि शपथ

Oplus_16908288

३ मंसिर, काठमाडौं ।  भारतको बिहार राज्यमा पुन: नितिशकुमार नै मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।

बुधबार दिउँसो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले ७५ वर्षीय नितिशकुमारलाई सर्वसम्मत संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

एनडीएको बैठकपछि नितिशकुमार अहिले राजभवनस्थित राज्यपाल (प्रदेश प्रमुख) समक्ष सरकार गठनका लागि दाबी पेश गर्न गएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नितिशकुमार १०औं पटक बिहारको मुख्यमन्त्री बन्न लागेका हुन् ।

शपथ ग्रहण समारोह बिहीबार बिहान ११:३० बजे पटनाको ऐतिहासिक गान्धी मैदानमा हुनेछ ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाहसहित विभिन्न राज्यका मुख्यमन्त्री, केन्द्रीय मन्त्रीहरू समेत सहभागी हुनेछन् ।

यसअघि आजै एनडीए गठबन्धन घटक जनता दल युनाइटेड (जेडीयू) को बैठकले नितिशकुमारलाई संसदीय दलको चयन गरेको थियो ।

तर, गठबन्धनकै अर्को दल भारतीय जनता पार्टी (भाजपा) ले भने सम्राट चौधरीलाई संसदीय दलको नेता र विजय सिन्हालाई उपनेता चयन गरेको थियो ।

पछि गठबन्धनको बैठकमा भने मुख्यमन्त्रीमा नितिशकुमारकै नाममा सहमति भएको छ ।

हालै भएको बिहारको विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले कूल २४३ सिटमध्ये २०२ सिट जितेको छ । १४ नोभेम्बरमा घोषणा गरिएको मतपरिणाम एनडीए गठबन्धनको भाजपा ८९ सिट जित्दै राज्यको सबभन्दा ठूलो दल बनेको छ ।

एनडीए गठबन्धनमै रहेको नितिशकुमारको जेडीयूले ८५ सिट जित्यो । सोही गठबन्धको चिराग पासवानको लोक जनशक्ति (राम विलास)ले १९ सिट जित्दै चौंथो दल बनेको छ । जितन राम माझीको हिन्दुस्तानी अवम मोर्चाले पाँच सिट जित्दा उपेन्द्र कुशवाहाको आरएलएमले चार सिट जितेको छ ।

कंग्रेस आई र राष्ट्रिय जनता दल (आरजेडी) लगायत सम्मिलित महागठबन्धनले भने ३५ सिटमा मात्रै जित हासिल गर्‍यो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा
अन्तर्राष्ट्रिय

‎मनिष यादवकाे अध्यक्षतामा समाजवादी युवा संघ, नेपालको ७९ सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा

४ मंसिर २०८२, बुधबार
सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित
अन्तर्राष्ट्रिय

सम्सी नाकाबाट गाई तस्करीमा तीव्र बढोत्तरी,१० कराेड भन्दा बढिकाे गाई तस्करी, सुरक्षामा लापरबाहीको आरोप

४ मंसिर २०८२, बुधबार
अन्तर्राष्ट्रिय

निवर्तमान मुख्यमन्त्री सोनलले छाडे सरकारी निवास

४ मंसिर २०८२, बुधबार
सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित
अन्तर्राष्ट्रिय

सम्सीमा गाइ तस्करी नियन्त्रणमा नआएको भन्दै स्थानीयवासी चिन्तित

४ मंसिर २०८२, बुधबार
Next Post

नेकपा र जसपाको  एकता वार्ता निर्णायक दिशामा

नेकपा-जसपा एकता प्रयास, आज निर्णायक वार्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh