Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जसपाको मधेश नेतृत्वका दाबेदार योगेन्द्र यादव पक्षद्वारा निर्वाचन बहिष्कार

प्रतिक्षा खबर
२०८२ आश्विन ३०, बिहीबार १२:२०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेशको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।

नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका हुन् ।

जसपा, नेपालको विधानविपरीत अधिवेशन भइरहेकाले आफूहरुले अधिवेशन बहिष्कार गरेको अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले बताए । अधिवेशन कर्मकाण्डी हिसावले चलिरहेको र अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरीत आफूखुशी प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको उनले बताए ।

यादवसँगै उहाँको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन् । यसका साथै मधेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह, पूर्वप्रदेश अध्यक्ष रामबाबु यादव लगायत केही जिल्ला अध्यक्षहरुले पनि उनलाई समर्थन गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर