Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

गौर हत्याकाण्डलाई सरकारले राजनीति हतियार बनायो : मनिष सुमन

प्रतिक्षा खबर
२०८२ भाद्र ७, शनिबार २१:०१

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेश आफैँमा आश्चर्यजनक रहेको बताएका छन् । उनले सो घटनासँग सरोकार राख्ने कुनै पनि पक्षसँग सोधखोज नै नगरी घटना छानबिनका लागि आदेश दिइएको बताएका हुन् ।

२०६३ साल चैत ७ गते गौर हत्याकाण्ड भएपछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश खिलराज रेग्मी, पाटन उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा, मानव अधिकार आयोग, तत्कालीन समयमा नेपालका क्रियाशील  अनमिनलगायतले छानबिन गरेको उनले बताए । तर, अधिकांश रिपोर्टहरूलाई गोप्य राखिएको उनले बताए ।

‘राज्यले ती आयोगका रिपोर्टहरूलाई लुकाउने, गोप्य राख्ने गरेकाले सम्मानित अदालतले फेरि त्यसलाई छानबिन गर भन्नुपरेको छ । अदालतले फैसला गरिरहँदा सरोकारवाला, ती मुद्दाका आरोपी भनिएका, जाहेरीमा नाम भएका १३० जनालाई कतै तालुकात राखिएन । सरोकारवालासँग तालुकात नै नराखी अदालतले यो निर्णय गरेको छ । यो आफैँमा आश्चर्यजनक निर्णय हो,’ रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।

गौर हत्याकाण्ड हुनुमा माओवादीमा रहेको जनसेनाको धङ्धङ्गी र उन्माद प्रमुख रहेको उनले बताए । माओवादीका तत्कालीन नेता प्रभु साहले ‘हामी त कार्यक्रम गर्छौँ’ भनेर  जबरजस्ती गर्दा र स्थानीय प्रशासनले सजगता नदेखाउँदो सो घटना हुन पुगेको उनले बताए । कार्यक्रम सुरु हुने बित्तिकै हतियार बोकेर आएका माओवादी लडाकुहरूले त्यहाँ बम पड्काउन सुरु गरेको उनको आरोप छ । उनले गौर हत्याकाण्डलाई नाजायज, बीभत्स र गलत भने । ‘त्यो मृत्यु जायज थियो भनेर हामीले पहिला  पनि भनेनौँ । अहिले पनि भन्दैनौँ । त्यो नाजायज थियो, बीभत्स थियो, गलत थियो,’– उनले भने ।

गौर हत्याकाण्डको बारेमा विभिन्न छानबिन समितिले तयार पारेको रिपोर्ट लुकाएर अदालतलाई नै दिग्भ्रमित पार्ने काम भएको उनको भनाइ छ । रिपोर्ट लुकाइएकै कारण गौर हत्याकाण्डको क्रममा मृत्यु भएका २७ जना र १५० जनाभन्दा बढी घाइतेहरूले न्याय नपाएको उनले बताए । सरकारले गौर हत्याकाण्डको सम्बन्धमा विभिन्न समितिहरूले तयार पारेको रिपोर्ट लुकाएर त्यसलाई राजनीतिक हतियार बनाउन खोजेको उनको आरोप छ ।

‘सर्वोच्च अदालतले परमादेशको आदेश १९ वर्षपछि गर्‍यो । हामीलाई के लाग्छ भने ती रिपोर्टहरू गोप्य राखियो । अदालतलाई दिग्भ्रमित गरिराखियो । त्यो रिपोर्टहरू सार्वजनिक नगरेकै खातिर मृत्यु वरण गरेका २७ जना र घाइते भएका करिब १५० जना भन्दा बढीले आजसम्म न्याय पाएनन् । यसको सिधा दोष त्यो आयोग बनाउने, समिति बनाउने, तर त्यसलाई गोप्य राख्ने र हतियारको रूपमा प्रयोग गर्ने । जब उपेन्द्र यादवले यो देशमा न्यायका कुरा गरे, यो सरकारको विरोध गरे । यो सरकारको गलतलाई गलत ठहर्‍याए । अनि सरकारको मुखियाहरूले गौर हत्याकाण्ड कोट्याइरहे । यस पटक त्यसलाई कानुनी रूप दिएर, अदालतबाटै आदेश गराएर सरकारले त्यो ब्युँताउने दुष्प्रयास गरेको छ,’– उनले भने ।

साथै, वर्तमान सरकारले भूमि विधेयकलाई जसरी पनि पारित गराउनका लागि गौरहत्या काण्डलाई ब्युँताएको उनको आरोप छ । ‘राज्यले किन गौर हत्याकाण्डको तरबार चलाइरहन्छ भनेपछि अहिले आएर हाम्रो ठम्याइ के छ भने– भूमिसम्बन्धी विधेयक कृषि समितिले  बहुमतको आधारमा पारित गरेर संसद्मा छलफलको लागि पठाएको छ । लिची बगान केसमा अडियोमै नाम आएका मन्त्रीज्यूलाई अर्को मन्त्रीले राजीनामा दिनुपर्ने, तर अहिलेका भूमिमन्त्रीले राजीनामा दिनु नपर्ने । एउटा पार्टीको केन्द्रीय अध्यक्षकै नाम मुछिए पनि तिनीमाथि कारबाही नहुने । सबै कारबाहीहरूलाई गोप्य राखेर यो विधेयकका पक्ष पोषण गरिँदै छ । विरोधका बाबजुद फास्ट ट्रयाकमा त्यो विधेयकलाई पारित गर्ने दुष्प्रयास गरिएको छ’– उनले भने ।

अहिले संसद्मा पेस भएको भूमिसम्बन्धी विधेयकले सिङ्गो देशलाई मरुभूमि बनाउने उनको भनाइ छ । त्यो ऐन कुनै सुकुम्वासीलाई जग्गा दिनका लागि ल्याउन नखोजिएको उनले बताए । नेता सुमनले सुकुम्वासीलाई जग्गा दिनका लागि नेपालमा भएका विद्यामान कानुनहरू नै पर्याप्त रहेको बताए । भू–माफिया र बिचौलियाहरूलाई फाइदा पुग्ने गरी, गिरीबन्धु टी स्टेटजस्ता भ्रष्टाचारहरूलाई ढाकछोप गर्नका लागि भूमिसम्बन्धी विधेयक ल्याउन प्रयास गरिएको उनले बताए । राष्ट्रिय सभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक भूमिकामा रहेको र त्यसलाई पारित हुन नदिइने उनले बताए ।

जसपा नेपालले भूमिसम्बन्धी विधेयकको विरोधमा आगामी सोमबार देशभर विरोध कार्यक्रम आयोजना गरिएको पनि उनले बताए । भूमि विधेयकको विरोध गरेपछि सरकार तर्सिएर गौर हत्याकाण्डका फाइल ब्युँताउने काम भएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर