समाजवादी युवा संघको १९ सदस्यीय नगर समिति गठन


गाैशाला, चैत १९ गते ।
जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघ, नेपाल महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा पप्पु यादवको नेतृत्वमा १९ सदस्यीय नगर समिति गठन गरिएको छ।

समाजवादी युवा संघ, नेपाल महोत्तरीका जिल्ला अध्यक्ष सरोज यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व राज्यमन्त्री सुरेन्द्र यादव प्रमुख अतिथि रहेका थिए।

त्यस्तै, प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहा, केन्द्रीय सदस्य श्याम यादव, दीपक झा, युवा विभाग सदस्य रोशन सिंह, समाजवादी युवा संघका प्रदेश अध्यक्ष कमलेश यादव, प्रदेश सदस्य खुसी पटेल लगायतका नेता, कार्यकर्ता तथा युवाहरुको उपस्थितिमा सर्वसम्मत नगर समिति गठन गरिएको हो।

नवगठित नगर समितिले स्थानीय तहमा पार्टीको संगठन विस्तार तथा युवाहरुलाई समाजवादी आन्दोलनप्रति आकर्षित गर्ने उद्देश्य लिएको बताइएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post