Advertisement
ताजा खबर
दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु
दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु

निधि निवासमा कांग्रेसका नेताहरुको बैठक

प्रतिक्षा खबर
२०८१ चैत्र १८, सोमबार १२:२०

काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका छौ जना शीर्ष नेताहरुको अनौपचारिक भेटघाट पूर्व उपसभापति विमलेन्द्र निधि निवास नयाँ बानेश्वरमा बसेको बसेको छ ।

शनिबार बिहान बसेको दुई घण्टा लामो बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला सहभागि थिए ।

नेताहरुबीचको अनौपचारिक भेटघाटमा राजधानीमा भएको प्रतिगमनकारी एवं आपराधिक घटनाको भत्र्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाई गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

घटनामा समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका सबिन महर्जनको निधनप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीध्र स्वास्थ्यलाभको कामना गरिएको छ । यसैगरी, तीनकुनेमा भएको प्रदर्शनको घटनाको छानवीन गरी घटनामा संलग्न दोषीमाथि तत्काल कार्बाहीको मागसमेत गरिएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको तोडफोडको भर्त्सना गरिएको छ । साथै, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट दैनिक, अनलाईनखबरमा भएको आक्रमण, जडिबुटी प्रशोधन तथा भाटभटेनी लगायतका व्यापारिक गृहमा भएको तोडफोड र लुटपाटकोघटनाको भर्त्सना गरिएको छ ।

छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक राजनीति र कांग्रेसको १५ औं महाधिवेशनमा समेत केन्द्रित रहेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको पक्षमा जनमतलाई सुदृढ पार्ने र नेपाली कांग्रेसको संगठनात्मक सुदृढीकरणका लागि पार्टीलाई एकताबद्ध गराएर संगठन परिचालन गर्नु आजको प्रमुख आवश्यकता भएको बारे छलफल भएको थियो ।

भेटघाटमा अरु शीर्ष नेताहरुलाई समाबेश गर्दै यस्तो किसिमको भेटघाट आगामी दिनमा जारी राख्ने समझदारी भएको निधि सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर

काेरेन्टाइन व्यवस्थापनकाेलागि साेनमा गाउँपालिकाले १कराेडकाे काेष स्थपना गरे प्रतीक्षा खबर साेनमा चैत १४ विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राेकथाम र उपचार गरि व्यवस्थित गराउन साेनमा गाउँपालिकाले १ करोडको करेन्टाईन कोषको स्थापना गरेको छ । गाउँपालिका स्तरीय आज सम्पन्न बैठकले गाउँपालिकाको तर्फ बाट १ करोडको काेरेन्टाइनकाे व्यवस्थापन कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाबाट साे रकम राख्ने निर्णय गरेको गाउँपालिकाकाे प्रवक्ता एवम साेनमा गाउँपालिका एवम वाडा नम्बर १ का वाडा अध्यक्ष रहेका अशाेक कुमार यादवले बताउनु भएको छ । यसका अतिरिक्त साेनमा गाउँपालिका स्तरिय बैठकले महामारी नियन्त्रणको लागी गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा सबै वाडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारीकाे संयोजकत्वमा सबै कर्मचारी रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ । कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन । सार्थै गाउँपालिका स्तरीय बैठकले साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे मा वि विद्यालयमा ५०बेडकाे काेरेन्टाइनकाे व्यवस्थागरी अाईतबारदेखि गाउँपालिकाकाे विभिन्न वडाहरुमा रहेका विभिन्न देशबाट अाएकाहरुलाइ त्यहा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । गाउँपालिका स्तरीय बैठकले लक डाउन सब भन्दा लभदायक भएकाेले यसलाई अरु शसक्त बनाउने गाउँपालिका स्तरमा कहि कतै भिडभाड नगर्ने नगराने बजार नलगाउने र कालाेबजारी नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष विभा देवि साहकाे नेतृत्वमा ९ सदस्य समितिबनाई अनुगमन गर्न निर्णय भएकाे छ । लका डाउनकाे कारण समस्यामा परेपछी गरिव जनताहरुको लागी आवश्यक कुराकाे व्यवस्था गरि अगाडी बढने निर्णय गरेको छ ।