• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

परीक्षा शुरु हुने वितिक्कै अंग्रेजी विषयको प्रश्न पत्र आउट


परीक्षा शुरु हुने वितिक्कै अंग्रेजी विषयको प्रश्न पत्र आउट

जनकपुरधाम, चैत ७ । परीक्षा शुरु हुने वितिक्कै अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ । आज देखि शुरु भएको एसईईको परीक्षाको प्रश्न पत्र आउट भए पछि परीक्षा प्रणाली माथि नै प्रश्न उठेको छ । परीक्षा हलभित्र मोवाइल प्रतिवन्ध गरिएपनि आउट भएको प्रश्न पत्र मोवाइलले नै खिचिएर पठाइएको छ ।

यस वर्ष मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुन लागेका छन् । शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिईरहेका छन् ।

शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालका अनुसार यो वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदैछ । धनुषामा १९५ वटा विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

सप्तरीबाट सबैभन्दा कम १४२ वटा विद्यालयका ८ हजार ७१५ जना विद्यार्थीले एसईईमा सहभागीता जनाउने उनले जानकारी दिए ।
चैत ७ गतेदेखि १९ गतेसम्म हुने परीक्षाका लागि ४ हजार ६८० जना सुरक्षाकर्मीलाई खटाइने उनले बताए। यसका साथै परीक्षामा १२ हजार २४२ जना कर्मचारीलाई खटाइने शिक्षा विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यो वर्षको एसईईमा मधेश प्रदेशमा ३१२ वटा परीक्षा केन्द्र निर्धारण गर्दा, ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक, १ हजार ६६६ जना कार्यालय सहयोगी खटाइने निर्देशनालयले जनाएको छ ।

एसईईको पूर्व सन्ध्यामा फेरियो केन्द्राध्यक्ष
जनकपुरधामको एक विद्यालयमा एसईईको पूर्व सन्ध्यामा केन्द्राध्यक्ष फेरिएको छ । जनकपुरधामको कुवारामपुरमा रहेको जनता माध्यमिक विद्यालय कुवारामपुरका केन्द्राध्यक्ष फेरिएको छ ।

बुधवार कन्या माध्यमिक विद्यालयबाट कुवारामपुर सरुवा भएर गएका मोदनारायण राउतलाई बुधवार करिव अढाई बजेको केन्द्राध्यक्ष बनाइएको छ । सो परीक्षा केन्द्रमा कालिचरण चौधरी केन्द्राध्यक्ष थिए । उनलाई चैत ४ गते केन्द्राध्यक्षको चिठ्ठी परीक्षा समन्वय समितिलेनै दिएको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले एसईईको केन्द्राध्यक्ष गोलाप्रथाबाट चुनिनुपर्ने लगायतका सुझाव सहितका प्रस्ताव गरेपछि उनको प्रस्ताव नमानेपछि मधेश प्रदेश सरकार यसै कारण एसईईको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको छ ।

परीक्षा समन्वय समितिका संयोजक धनुषाका प्रमुख जिल्ला अधिकारी र सदस्य सचिव शिक्षा ईकाई समितिका प्रमुख हुने गरेका छन् । तर, हाजिर भएकै दिन एसईईको पूर्व सन्ध्यामा केन्द्राध्यक्ष हेरफेर गरेपछि परीषा समेत प्रभावित हुन सक्ने सम्भावना बढेको छ ।

‘विद्यालयको बारेमा जानकारी, शिक्षक शिक्षिकाको बारेमा समेत अनभिज्ञ व्यक्तिले परीक्षा कसरी सञ्चालन गर्न सक्छ’ शिक्षाविद्हरु भन्छन् । यस केन्द्रमा मात्रै यस्तो गरिएको हो कि अन्य केन्द्रमा यस्ता हेरफेर गरिएको छ त्यो पनि खोजविनको विषय रहेको शिक्षाविद्हरुको भनाई छ ।

केन्द्राध्यक्ष हेरफेर गर्नुमा ठूलो चलखेल हुन सक्ने समेत शिक्षाविद्हरुले आशंका व्यक्त गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

अमरेशसँग पराजित भए गगन

६ चैत्र २०८१, बिहीबार
विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय
अन्तर्राष्ट्रिय

विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा मनिष झा विजय

६ चैत्र २०८१, बिहीबार
महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

६ चैत्र २०८१, बिहीबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

६ चैत्र २०८१, बिहीबार
Next Post

मधेशका मुख्यमन्त्री पटक–पटक तोड्दै मर्यादा, चोरी–चोरी विदेश भ्रमण

उपकुलपति र रजिष्ट्रारको बहाली संगै कृषि विश्वविद्यालको शैक्षिक गतिविधि तीब्र


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh