Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

कृषि विश्वविद्यालयमा मधेश सरकारलाई दोस्रो झटका, रजिष्ट्रारलाई तत्काल नहटाउन सर्वोच्चको आदेश

प्रतिक्षा खबर
२०८१ चैत्र ६, बुधबार २०:०४

जनकपुरधाम, चैत ६ । मधेश कृषि विश्वविद्यालयको उपकुलपति र राजिष्ट्रारलाई पदमुक्त गर्ने निर्णय गरेको मधेश सरकारलाई दोस्रो झटका लागेको छ ।

उपकुलपति डा. वैद्यनाथ महतोलाई तत्काल नहटाउन आदेश गरेको सर्वोच्च अदालतले राजिष्ट्रार श्रीभगवान ठाकुरलाई पदमुक्त गर्ने निर्णय समेत तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।

सर्वोच्च अदालतले मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार ठाकुरलाई तत्काल नहटाउन मधेश प्रदेश सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले चैत ११ गते छलफलका लागि बोलाउने आदेश गर्दै सो मितिसम्म रजिष्ट्रार ठाकुरलाई पदबाट नहटाउन बुधवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

विश्वविद्यालय सभा (सिनेट) को बहुमतको निर्णय भन्दै उपकुलपति महतो र रजिष्ट्रार ठाकुरलाई प्रदेश सरकारले हटाउँदै उपकुलपतिको नया पदपूर्तिका लागी सूचना समेत आह्वान गरिसकेको छ ।

सर्वोच्चले छलफलका लागि तोकिएको मितिसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को फागुन २२ को निर्णय, सो निर्णयबमोजिमको पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्दै कुलपति तथा मुख्यमन्त्रीसहितका विपक्षीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यस अघि सर्वोच्चको निर्णय बाट थमौटी पाएका उपकुलपति डा. महतो मंगलवार विश्वविद्यालयमा पुगी कार्यभार समेत सम्भाली सकेका छन ।

उपकुलपति डा. महतो र रजिस्ट्रार ठाकुर जसपा नेपालका लालबाबु राउत नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका व्यक्ति हुन् । अहिले जनमत पार्टी नेतृत्वमा सरकार छ । पदाधिकारी र सरकार नेतृत्वको राजनीतिक लाइन फरक पर्दा विश्वविद्यालय नै पछिल्लो समय अस्तव्यस्त बनेको छ ।

२०८० माघ ८ गते शिलान्यासका लागि विश्वविद्यालयले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत पार्टी उपकुलपति र रजिस्ट्रारप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार गठन भएपछि उपकुलपति महतो र रजिस्ट्रार ठाकुरले अनियमितता गरेको भन्दै नीति आयोगका उपाध्यक्ष डा. सोहन साहको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको थियो । डा. साह नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाए पनि औचारिक रुपमा उक्त प्रतिवेदन सार्वजनिक भएको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर