Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

सामाजिक सञ्जालमा अध्यक्ष र उपाध्यक्षबिच आरोप प्रत्यारोप

प्रतिक्षा खबर
२०८१ चैत्र ३, आईतवार १३:२८
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष र कोषाध्यक्षलाई सोधेको स्पष्टीकरणले पार्टीभित्रको विवादले उग्ररूप लिँदैछ । पार्टीको उपाध्यक्ष ई.दीपक साहलाई पार्टीले सोधेको स्पष्टीकरणले चर्चा पाएको छ ।

उपाध्यक्ष साहको पक्षमा सामाजिक सञ्जालमा कुरा आउन थालेपछि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पनि पुनः सामाजिक सञ्जालमार्फतै जवाफ दिएका छन् ।  उपाध्यक्ष साहलाई पार्टीले गरेको कारबाही र सोधेको स्पष्टीकरण बारेमा सर्वसाधारणले समेत आलोचना गरिरहेका छन् ।

उपाध्यक्ष साहलाई कारबाही गर्नु गलत भएको कुरा सर्वसाधारणले भन्न थालेका छन् । स्वतन्त्र मधेस गठबन्धनदेखि जनमत पार्टी गठनसम्मको संस्थापक साहलाई पार्टीले कारबाही गरेको धेरैले रुचाएको छैन ।

सामाजिक अभियन्ता सरोज रायले अध्यक्ष राउतको देश विभाजन अभियानदेखि जनमत पार्टीको निर्माणसम्म दीपक साहको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनलाई स्पष्टीकरण सोधिएको खबर सुन्दा आश्चर्यमा परेको बताए । उपाध्यक्ष साहजस्ता समर्पित व्यक्तित्वमाथि प्रश्न उठ्नुले धेरै कुरा सङ्केत गरेको टिप्पणी उनले आफ्नो फेसबुकमार्फत गरेका छन् ।

त्यस्तै सञ्जीवकुमार जयसवालले जनमत पार्टीलाई जन्म दिने उपाध्यक्ष साह नै रहेको उल्लेख गर्दै उनलाई नै कारबाही गर्‍यो भने आम सदस्यलाई के हुन्छ भन्दै प्रश्न गरेका छन् ।  दीपक साहको बारेमा यस्ता थुप्रै प्रतिक्रियाहरू फेसबुकमा आउन थालेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि फेसबुकमार्फत विभिन्न आरोप लगाएका छन् ।

अध्यक्ष राउतले यत्रो ठुलो पदमा बसेर आफ्नो ‘फ्री’ को एक भोट समेत जनमत पार्टीलाई नदिएको भन्दै ती व्यक्तिको योगदान कसरी ठुलो भनी प्रश्न गरेका छन् ।

‘जतिबेला सबै नेता कार्यकर्ताले कडा घाममा भोट माग्दै घरदैलो गरिरहे, उनी (उपाध्यक्ष साह) एक दिन कतै देखा परेनन्, जनमतका लागि भोट मागेनन्, उही कसरी ठुलो हुन्छ’ सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन् । अध्यक्ष राउतले पार्टीका अध्यक्षविरुद्ध उनकै पत्नीलाई प्रहरीमा उजुरी दिन लगाएर अध्यक्षलाई गिराउन मिडियाबाजी गर्ने कसरी निर्दोष हुन्छ भन्दै प्रश्न समेत गरेका छन् ।

उपाध्यक्ष साहमाथि अध्यक्ष राउतले पार्टी फोड्न गुटबन्दी गरेको  आरोप समेत लगाएका छन् । राउतले साहलाई वरिष्ठ उपाध्यक्ष बन्न अरू उपाध्यक्ष र अन्य सचिवालयकै पदाधिकारीहरूलाई पाखा लगाउन पटक–पटक स्पष्टीकरण सोधेर कारबाही गरेको आरोप समेत लगाएका छन् ।

साहले मान्छे हेरी हेरी कारबाही गर्ने गरेको तर आज उनलाई स्पष्टीकरण सोध्दा स्पष्टीकरण दिनुको साटो उल्टै पार्टी र अध्यक्षविरुद्ध गुटबन्दी गर्दै सामाजिक सञ्जालमा नानाथरी लेखाउँदै र शेयर गर्दै हिँड्ने गरेको गुनासाे राउतले गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर