बुधवार राति महोत्तरीको रामगोपालपुर नगरपालिका–९ खोपिस्थित सडकमा एएस–०२–४७७५ नम्बरको रथ पल्टिदा रथमा सवार भारत बिहार सितामढी सोनबर्षा बस्ने रूदल रामको छोरा १२ वर्षीय आदित्य रामको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी पर्सा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका रथमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रथ चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।