• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

माध्यमिकी परिक्रमाका मडैमा


parikrama

जलेश्वर फागुन २० । मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी गाउँपालिकाको मडै पुगेका छन् । सोमबार जलेश्वरमा पाँचौँ दिनको रात्रि विश्राम गरेका उनीहरु मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला (डोली) साथ मडै पुगेका हुन् । मडैमा डोलासहितका यात्रीलाई महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेसहितका गाउँवासीले स्वागत गरेका छन् ।आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्रीको जिल्लाको तेस्रो र यात्राको छैटौँ दिनको पडावस्थल ९विश्रामस्थल० हो । जलेश्वरबाट चार किलोमिटरको दूरीको मडै अहिले परिक्रमाका यात्री र परिक्रमा मेला हेर्न आउनेको भीडले खचाखच छ । मडै पुगेपछि यात्रामा महोत्तरीको कुल दूरी २५ किलोमिटरमध्ये नौ किलोमिटर पूरा भएको छ । अब सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

फागुन औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको १५ दिने डोलायात्रामा धनुषा, महोत्तरी र भारतको मधुवनीसहितका एक सय ३३ किलोमिटरको वृतभित्र यात्रा गरिन्छ । यसमा महोत्तरीमा पाँच, धनुषामा छ र मधुवनीमा चार रात्रिबासको परम्परा छ ।

अघि त्रेतायुगमा राम सीताले विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा वनविहार गरेका पदचाप पछ्याउँदै १८औँ शताब्दीमा परिक्रमा परम्परा सुरु भएको मानिन्छ । राम सीताको डोलासहित गरिने यो यात्रा कल्याणदायक र मोक्षदायक रहेको मैथिल जनविश्वास छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

२० फाल्गुन २०८१, मंगलवार
एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२० फाल्गुन २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२० फाल्गुन २०८१, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२० फाल्गुन २०८१, मंगलवार
Next Post
एमालेलाई दानको जग्गा हक हस्तान्तरण नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ललिता निवासको फैसलाविरुद्ध सर्वोच्च पुग्‍यो अख्तियार

माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?

माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh