Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

सर्लाहीमा हात्ती आतंक : वर्षौंको मेहनत एकै रातमा सखाप

प्रतिक्षा खबर
२०८१ फाल्गुन ८, बिहीबार १२:१३

सर्लाही । सर्लाहीमा दुई दिनयता जङ्गली हात्तीको समूहले आतंक मच्चाइरहेको छ। महोत्तरीको गौशालातर्फबाट बाँके खोला पार गरी आएका पाँचवटा हात्तीले स्थानीय बस्तीमा व्यापक क्षति पुर्‍याएका छन्।

लालबन्दी नगरपालिका–१७, रानिगन्जका किसान शिवहरि गौतमले व्यावसायिक रूपमा थालेको केरा खेती हात्तीको आक्रमणले तहसनहस बनेको छ। हात्तीले २०० भन्दा बढी केराको बोट नष्ट गर्नुका साथै वरपरका किसानको मकैबालीसमेत सखाप पारेको छ

यसअघि मंगलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा हात्तीको समूहले ८६ वर्षीय धनमाया तामाङको कच्ची घर भत्काइदिएको थियो। दिनहुँ दोहोरिने यस्ता घटनाले स्थानीयवासी त्रसित भएका छन्।

हात्ती आतंक रोकथामका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयवासीको माग छ।

FB_IMG_1740019706138FB_IMG_1740019709909FB_IMG_1740019713475

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर