Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

साेनमा गाउँपालिकाले गरे १ कराेडकाे काेष स्थपना

प्रतिक्षा खबर
२०७६ चैत्र १५, शनिबार ००:०६

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
साेनमा चैत १४ विश्वलाई त्राहिमा बनाएको कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यस बाट प्रभावित भएकाहरुलाई राेकथाम र उपचार गरि व्यवस्थित गराउन साेनमा गाउँपालिकाले १ करोडको करेन्टाईन कोषको स्थापना गरेको छ ।
गाउँपालिका स्तरीय आज सम्पन्न बैठकले गाउँपालिकाको तर्फ बाट १ करोडको काेरेन्टाइनकाे व्यवस्थापन कोषको स्थापना गर्ने र सो कोषमा गाउँपालिकाबाट साे रकम राख्ने निर्णय गरेको गाउँपालिकाकाे प्रवक्ता एवम साेनमा गाउँपालिका एवम वाडा नम्बर १ का वाडा अध्यक्ष रहेका अशाेक कुमार यादवले बताउनु भएको छ ।

यसका अतिरिक्त साेनमा गाउँपालिका स्तरिय बैठकले महामारी नियन्त्रणको लागी गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा सबै वाडा अध्यक्ष रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारीकाे संयोजकत्वमा सबै कर्मचारी रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।
कार्यकारी समितिलाई आजैको बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन ।

सार्थै गाउँपालिका स्तरीय बैठकले साेनमा गाउँपालिका वाडा नम्बर ३मा रहेकाे मा वि विद्यालयमा ५०बेडकाे काेरेन्टाइनकाे व्यवस्थागरी अाईतबारदेखि गाउँपालिकाकाे विभिन्न वडाहरुमा रहेका विभिन्न देशबाट अाएकाहरुलाइ त्यहा व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले जनाएका छन । गाउँपालिका स्तरीय बैठकले
लक डाउन सब भन्दा लभदायक भएकाेले यसलाई अरु शसक्त बनाउने गाउँपालिका स्तरमा कहि कतै भिडभाड नगर्ने नगराने बजार नलगाउने र कालाेबजारी नियन्त्रण गर्न गाउँपालिकाकी उपाध्यक्ष विभा देवि साहकाे नेतृत्वमा ९ सदस्य समितिबनाई अनुगमन गर्न निर्णय भएकाे छ ।

लका डाउनकाे कारण समस्यामा परेपछी गरिव जनताहरुको लागी आवश्यक कुराकाे व्यवस्था गरि अगाडी बढने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर