Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

बिभिन्न स्थानमा लुटपाट गर्दै आएको चार भारतीयसहित ६ जना पक्राउ

प्रतिक्षा खबर
२०८१ मंसिर १४, शुक्रबार १९:३१

गोपाल झा

महोत्तरी ,मंसिर १४ गते

महोत्तरीको बिभिन्न स्थानमा श्रृंखलाबद्ध चोरी, डाँका तथा लुटपाटमा संलग्न रहेको गिरोहका चार जना भारतीय नागरीक सहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ ।

      पक्राउ पर्नेहरूमा भारत विहारको  सितामढी जिल्ला बेलाथाना ग्राम पञ्चायत शिवनगर-१ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ निगौल बस्दै आएको ३० वर्षीय प्रमोद कुमार साह, उनकी श्रीमती सन्जु देवी साह,त्यस्तै  सितामढी जानकीनगर घर भई गौशाला-५ महलिया टोल बस्दै आएका ५२ वर्षीय रन्धिर साह र सितामढी वेला थाना विष्णुपुर पंचायत बस्ने वर्ष २४ का गोलु भन्ने सुधिर भण्डारी माली रहेका छन् ।

यस्तै महोत्तरीको गौशाला नगरपालिका ९ बिसरपुरका २८ वर्षीय ललन साह र गौशाला नगरपालिका ६ फुलकाहा बस्ने वर्ष २६ का राकेश कुमार यादव पनि पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवारले आज पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।

डीएसपी जयसवारका अनुसार पक्राउ परेकाहरू विभिन्न समय र स्थानमा हातहतियार देखाएर लुटपाट गरेको घटनामा संलग्न रहेको पाइएको छ ।

महोत्तरीको औरही नगरपालिका-६ स्थित संजय कुमार यादव, गौशाला नगरपालिका-२ निगौल स्थित पुनम देवी, गौशाला नगरपालिका-१० जलिल टोल अपसना खातुन र राम बालक राउत कुर्मी, गौशाला नगरपालिका-४ रजखोर टोल बस्ने शुशिला देवीको घरमा उनीहरूले चोरी तथा लुटपाट गरेको खुलेको डीएसपी जयसवारले बताए ।

      उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरीएको हातहतियार समेत फेला परेको छ । म्यागजिन सहितको पेस्तोल दुईथान, नलकटुवा बनदुक १ थान, म्याग्जिनमा लोड रहेको गोली ५ राउण्ड, र पिँधमा विभिन्न नाम लेखिएको गोली १९ थान बरामद भएको डीएसपी जयसवारले जानकारी दिए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर