Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह

प्रतिक्षा खबर
२०८१ मंसिर ९, आईतवार २०:२१

 मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले सरकारी कामकाजको भाषा चाँडै लागु हुने बताएका छन् ।

सरकारी कामकाजको भाषाको बारेमा ध्यानाकर्षण गराउन पुगेको इन्टेलेक्चुअल फाउन्डेसन नेपालका प्रतिनिधिसँग मुख्यमन्त्री सिंहले सो कुरा बताएका छन् । मधेस प्रदेशमा कुन कुन भाषा सरकारकी भाषा हुने त्यो तयारी अवस्थामा छ चाँडै नै लागु हुने मुख्यमन्त्री सिंहले बताए ।

सरकारले मैथिली, भोजपुरी, बज्जिकालगायत आठ वटा भाषाको नामावली तयार गरेर राखेको छ । त्यसमध्ये नै सरकार कामकाजको भाषा प्रयोगमा ल्याउने तयारी सरकारको रहेको इन्टेलेक्चुअल फाउन्डेसन नेपाल, सप्तरीका अध्यक्ष डा सूर्यप्रसाद यादवले बताए ।

यद्यपि भाषा आयोगले मधेस प्रदेशका लागि सरकारी कामकाजका भाषाका लागि मैथिली, भोजपुरी र बज्जिका सिफारिस गरेको छ ।

इन्टेलेक्चुअल फाउन्डेसन नेपालले सरकारी तथ्याङ्क हेर्दा मधेस प्रदेशको शैक्षिक अवस्था निराशाजनक अवस्थामा रहेको ध्यानाकर्षण गराएको छ । नेपालको संविधान २०७२ को शिक्षा ऐन, २०२८ को ७ उपदफा २ ९क० मा आधारभूत तहको शिक्षा मातृभाषामा दिन सकिने कुरा उल्लेख हुँदा हुँदै पनि कार्यान्वयन फितलो देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

संविधानको भाग ३२ को धारा २८७ बमोजिम गठन भएको भाषा आयोगले प्रदेशको कामकाजको भाषाको रूपमा तीन वटा भाषाहरू मैथिली, भोजपुरी र बज्जिकाको सिफारिस गरेको तर ती भाषाहरूको प्रदेश सरकारको प्राथमिकतामा नपरेको आरोप इन्टेलेक्चुअल फाउन्डेसन नेपालले लगाएको छ ।

सरकारी कामकाजको भाषा लागु गर्न इन्टेलेक्चुअल फाउन्डेसन नेपालले मधेस प्रदेशका शिक्षा मन्त्री रानी शर्मा तिवारीलाई पनि ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर