Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नेता कार्यकर्ताले पार्टी छाड्न थालेपछि गम्भीर समीक्षामा जनमत पार्टी

प्रतिक्षा खबर
२०८१ कार्तिक १४, बुधबार १८:२३

डा. सीके राउत अध्यक्ष रहेका जनमत पार्टीबाट नेता तथा कार्यकर्ताहरू निस्किन थालेपछि पार्टीले गम्भीर रूपमा लिएको छ । यसको बारेमा पार्टीमा गम्भीर रूपमा समीक्षा हुन थालेको हो । पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिका कारण नेता तथा कार्यकर्ता पार्टी छाड्न थालेपछि जनमत पार्टीका अध्यक्ष राउतले त्यसका विभिन्न १९ वटा कारण औँल्याएका छन् ।

हालै सम्पन्न सचिवालयको बैठकमा पार्टी छाड्ने नेताको बारेमा विभिन्न कोणबाट छलफल गरेका छन् । अध्यक्ष राउतले पार्टीमा मान्छे जोडिनु मात्र ठुलो कुरो होइन, निर्वाचनको समयमा त्यसले कस्तो प्रभाव पार्दछ त्यसको आधारमा मूल्याङ्कन हुनु पर्ने धारणा बताएका छन् । उनले भनेका छन्, ‘कुनै सदस्य १० वर्षदेखि जिउ ज्यानले लागेको छ, तर जेसुकै बहानामा किन नहोस् निर्वाचनमा गएर आफ्नो पार्टीसँग गद्दारी गर्ने, बागी उठिदिने, अर्को पार्टी वा उम्मेदवारलाई समर्थन गरिदिने, चुपचाप बसिदिने गर्‍यो भने त्यस्तो नेता कार्यकर्ता हामीसँग १० वर्ष रहनु घातक हो । त्यस्तो नेता कार्यकर्तालाई १० दिन पनि हाम्रो पार्टीमा बस्न दिनु हुँदैन, नभए हाम्रो सङ्गठन प्रयोग गरेर उल्टो भाँडभैलो मच्चाउनेछ, जनमत पार्टीको आफ्नो भोटलाई पनि विकृत र विखण्डित गर्दछ ।

अध्यक्ष राउतले केन्द्रको निर्देशन नमान्ने, नेतृत्व र पार्टीप्रति आदर भाव नराख्ने, आफूले भनेकै मान्छे वडाध्यक्ष, पालिका अध्यक्ष, इन्चार्ज पदाधिकारी हुनुपर्ने, टिकट पाउनु पर्ने आदि जस्तो ढिपी गर्ने, पार्टीको सूचना चुहावट गर्ने, जासुसी गर्ने जस्ता नेता कार्यकर्ताहरूलाई माला लगाएर अहिले नै बिदाइ गर्नु उपयुक्त हुने निर्णय सचिवालयको बैठकले गरेको बताइएको छ ।

राउतको नजरमा पार्टीका छोड्नुको कारण

उ पार्टीमा बस्यो वा आयो, उ इन्चार्ज, वडाध्यक्ष, पालिका अध्यक्ष, केन्द्रीय सदस्य बने, नयाँ मान्छे आयो, पुरानाको महत्त्व घट्यो, अरू त सांसद मन्त्री भइसके, म त केही हुन सकिन, मलाई मौका दिएन, अरू त मन्त्री भइसके, म त हुन सकिन जस्ता कुरा देखाएर पार्टी छाड्ने गरेको पाइएको अध्यक्ष राउतले उल्लेख गरेका छन् ।

म त मुख्यमन्त्री भइन, अरू त १–२ वर्ष मन्त्री हुन्छन्, म त छोटो समय मात्रै मन्त्री भए, अरू त सांसद भइसके, म त केही हुन सकिन त्यसैले पार्टी छोडिदिन्छु जस्ता धम्की पनि आउने गरेको उनले बताए ।

अरूले राजनैतिक नियुक्ति पाए, मैले पाइनँ, मैले भनेको काम मन्त्रालयबाट भएन, मलाई पार्टीले १० हजार वा २–४ लाख दिएन, त्यसैले पार्टी छोडिदिन्छु, मैले दिएको १० वटा योजनामा ८ वटा मात्रै पर्‍यो, त्यसैले पार्टी छोडिदिन्छु, मैले भनेको ५ वटा सरुवामा ४ वटा मात्रै भयो, एउटा भएन त्यसैले पार्टी छोडिदिन्छु जस्ता कुराले पनि पार्टी छोड्ने गरेको अध्यक्ष राउतको बुझाई रहेको छ ।

यहाँसम्म मुख्यमन्त्री, मन्त्रीले फोन उठाएन, मेरो घर आएन, गाउँमा आउँदा खबर भएन जस्ता बहानामा पनि पार्टी छाड्ने गरेका छन् । अध्यक्ष राउतले भने, ‘केही मान्छेको काम नै हरेक ६–६ महिनामा पार्टी फेर्ने रहेको छ त्यस्ता मान्छे छोडेर जाँदा नै राम्रो ।’ जनमत पार्टीलाई सिद्धाउनु पर्छ भन्ने प्रायः सबै पार्टीहरूको समान लक्ष्य भएकाले पनि नेता तथा कार्यकर्ताहरू छाड्ने गरेको पनि ठहर सो पार्टीले गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर