Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

पिपरा गाउँपालिकामा अनुहार जलेको अवस्थामा महिलाको शव भेटियो

प्रतिक्षा खबर
२०८१ कार्तिक १२, सोमबार १७:५३

१२ कात्तिक, जलेश्वर । महोत्तरीमा अनुहार जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

पिपरा गाउँपालिका- ७ दनौली चौरीमा स्थानीय अशोक ठाकुरको आँप बगैंचामा अन्दाजी २५-३० वर्षकी महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार अहिलेसम्म मृतकको पहिचान भएको छैन । बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

महिलाले हल्का पहेलो रंगको कुर्ता लगाएकी छन् । अनुहारमाथि सल राखेर जलाइएको  छ । अनुहारको केही भाग जलेको डीएसपी जयसवारले बताए । उनका अनुसार घटनास्थलको प्रकृतिले महिलाको हत्या भएको देखिन्छ ।

महोत्तरीका प्रहरी प्रमुख एसपी नकुल पोखरेलको टोली, प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरको टोली, प्रादेशिक अस्पताल जलेश्वरबाट चिकित्सकसमेत बोलाएर प्रहरीले पाँच घण्टा भन्दा बढी घटनास्थलको अनुसन्धान गरेको छ ।

घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी जयसवारले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर