Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

इजरायली हवाई आक्रमणमा लेबनानमा १० मारिए 

प्रतिक्षा खबर
२०८१ आश्विन २१, सोमबार २१:०३

इजरायली हवाई आक्रमणमा लेबनानमा १० मारिए 

बेरुत —इजरायलले लेबनानमा सोमबार गरेको आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । इजरायली सीमानजिकैको बिन्ट जेबिलमा इजरायली रक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा १० अग्नीनियन्त्रक मारिएका सीएनएनले जनाएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ९ जना घाइते भएका छन् ।

इजरायलले प्यालेस्टिनी समूह हमासविरुद्ध एक वर्षअघि सुरू गरेको आक्रमण अझै जारी छ । २०२३ अक्टोबर ७ मा हमासले उत्तरी इजरायलमा गरेको आक्रमणमा १२ सयले ज्यान गुमाएका थिए । त्यसका साथै, हमासले २ सय ५१ जनालाई बन्धन बनाएर लगेको थियो । त्यसको प्रतिक्रियामा इजरायलले गाजमा सुरु गरेको हवाई आक्रमण केही सातायता लेबनानसम्म फैलिएको छ

पछिल्लो समय आईडीएफले हमाससँगै लेबनानी लडाकु समूह हेजबुल्लाहलाई लक्षित गरी आक्रमण गरेको छ । एक वर्ष लामो युद्धका क्रममा गाजामा मात्रै ४२ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ, त्यसमध्ये १६ हजार ५ सय भन्दाबढी बालबालिका छन् । मारिनेमध्ये कतिपय स्वास्थ्यकर्मी र पत्रकार छन् ।

आक्रमणका कारण करिब ९७ हजार घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा २३ लाख प्यालेस्टिनी युद्धका कारण विस्थापित भइसकेका छन् । एक वर्षको अवधिका पटकपटक युद्धविरामका लागि पहलहरू भए पनि ती असफल भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर