Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल

प्रतिक्षा खबर
२०८१ आश्विन २१, सोमबार १०:४३

जनकपुरधाम, असोज २१ । जनता समाजबादी पार्टी नेपाल अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको सदस्य बन्न सफल भएको छ ।
विश्वभरिका समाजवादी, समाजिक लोकतान्त्रिक,श्रमिक र प्रगतिशील पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाईन्सको अक्टोबर ५ र ६ तारेखमा चिलिमा सम्पन्न बैश्विक सम्मेलनले जसपा नेपाललाई सद्स्यता प्रदान गरेको हो ।
विश्वभरिका १ सय ९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा सद्स्यताको लागि भएको मतदान बाट जसपा नेपालले सर्वसम्मत सदस्यता प्राप्त गरेका हुन ।
दक्षिण अमेरिकामा रहेको गणतन्त्र चिलिको राजधानी सेन्टियागोमा सम्पन्न उक्त सम्मेलन प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता,सामाजिक न्याय, मानवअधिकार सुरक्षा, लैङ्गिक विभेद, सामाजिक-आर्थिक तथा जातीय विभेद,असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाहरूका साथ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा जसपा,नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।
अध्यक्ष यादव सहितको टोलि मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर