Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मलेखुमा फेरि पहिरो, रातको समयमा मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न प्रहरीको आग्रह

प्रतिक्षा खबर
२०८१ आश्विन १४, सोमबार २१:३६

काठमाडौँ । धादिङको मलेखुमा पुनः पहिरो खसेको छ । अविरल वर्षाको कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध छ ।

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलामा दुईवटा माईक्रो बस र एउटा बसमाथि पहिरो खस्दा ३५ जनाले ज्यान गुमाए । ना.४ ख २२७० नम्बरको बस, बा.२ ख १३४५ नम्बरको हायस र लु. १ ज ४५७७ नम्बरको विङ्गर पुरिँदा ३५ जनाले ज्यान गुमाएका हुन् ।

पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सड्क खण्डमा थप प्रहरी प्रहरी परिचालन गरिएको छ । नियमित बाहेक ७५ जना थप मद्धत सो सड्क खण्डमा परिचालन गरिएको बागमती प्रदेशका डीआईजी कृष्णहरी शर्माले रातोपाटीलाई बताए । उनले भने, ‘ट्राफिकको एसपीको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीलाई मुग्लिन–नागढुंगा क्षेत्रको सवारी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । रातको समयमा थप जोखिम हुने आकलन गरेर प्रहरीले सो क्षेत्रमा राति यात्रा नगर्न आग्रह गरेको छ । डीआईजी पोखरेलले भने, ‘रातको समयमा थप जोखिम हुने देखिएको हुनाले यात्रा नगर्न भनेका छौँ ।

नागढुंगा हुँदै काठमाडौँ भित्रिन खोजेका साना सवारी साधनलाई प्रहरीले गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ पठाएको छ । सवारी साधन पार्किङ गर्दा भिरालो ठाउँमा नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर