Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

साेनमा गाउँपालिकामा अध्यक्षकाे नेतृत्वमा समिति गठन

प्रतिक्षा खबर
२०७६ चैत्र ११, मंगलवार २०:५७

नागेन्द्र कुमार यादव

साेनमा गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गाउँपालिका स्तरीय कोभिड–१९ समिति गठन गरेको छ।साेनमा गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष राज कुमार यादवको संयोजकत्वमा समिति गठन भएको साेनमा गाउँपालिका प्रवक्ता एवम वाडा नम्बर १ काे वडा अध्यक्ष अशाेक कुमार यादवले जानकारी दिए। समितिमा विभिन्न वाडाका वाडा अधयक्षहरु ,साेनमा गाउँपालिकामा पर्ने रघुनाथपुर प्रहरी चाैकी,मगरथाना प्रहरी चाैकी,खैरबनी प्रहरी चाैकी र खैरबनी शस्त्र प्रहरी चाैकीका प्रहरीहरु ,गाउँपालिकाका कर्मचारीहरु र स्वास्थ्य टिममा खटिएका कर्मचारीहरु लगायत प्रतिनिधिहरु सदस्य रहेका छन ।
कोभिडको उपचार, नियन्त्रण तथा व्यवस्थापनको लागि कमिटीले काम गर्नेछ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि समिति भोलि बुधबारदेखि सक्रिय हुने उनले बताए।समितिले अनुगमन र निरिक्षणसमेत गरिने छन ।गाउँपालिकाभित्र रहेका विद्यालय,ट्यूसन,बजार,भाेज भतेर ,भिडभाड लक डाउनकाे पुर्ण पाल्ना गर्नकाेलागि समेत सुचना जारीगरिदै जनस्तरमा व्यापक प्रचार प्रसार गरिदै छ ।गाउँपालिका स्तरमा अाैषधी ,खधान्यलगायत अतिअावश्य पर्ने पसल बाहेक सबै पसल बन्द गर्न निर्णय समेत समितिले गरेका छन । साेनमा गाउँपालिकाले अाज
मंगलबार कोरोना संक्रमण तथा रोकथामको विषयमा छलफल गर्न सम्बन्धित पक्षको बैठक डाकेको थियो। बैठकमै गाउँपालिका अध्यक्षकाे संयोजकत्वमा समिति गठन भएको प्रवक्ता अशाेक कुमार यादवले बताए।

बैठकले विदेश लगायत भारतकाे विभिन्न ठाउँबाट कामगरेर अाएकाे मान्छेलाई प्रत्येक वाडामा खाेज तलास गर्ने र त्यसलाइ तुरन्त स्वास्थ्य कर्मिकाे जिम्मा लगाउने काम प्रत्येक वाडाका वडा अध्यक्षहरुकाे दिएकाे छ ।त्यस्ता मान्छे फेला परेपछी ल्याउनकालागि गाउँपालिकाले एम्बुलेन्स र अन्य गाडीकाे समेत २४सै घन्टा तयार गरेर राखेका छन ।प्रत्येक चाैक चाैकमा र कार्यालयहरुमा साबुन पानी र सेनिटिजरकाे व्यवस्थाकाे संगै गाउँपालिकामा रहेकाे जनतालाइ माक्सकाे व्यवस्था समेत गराउने बताएका छन ।

कोरोना भाइरस लागेकाे संका लागेमा वा कुनै लक्षण देखे परेका बिरामीलाई उपचारको लागि जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी हस्पिटलमा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।लक डाउनकाे बेला लक डाउनकाे पाल्ना भएकी भएन भन्ने बजार अनुगमन समेत गरिने र कसैले अभेलना गरेकाे पाईएमा प्रहरीले अाफनाे नियमअनुसार कर्वाही गरिने सुचनामा उलेख रहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर