Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जलेश्वरमा नवविवाहिता युवतीको शंकास्पद मृत्यु दाइजोका कारण हत्या

प्रतिक्षा खबर
२०८१ भाद्र ६, बिहीबार ०९:१८

६ भदौ, जलेश्वर,होत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छन् ।

माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । रिनाको मंगबार मध्य राति १ बजे मृत्यु भएको हो ।

घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।

डिएसपी जयसवारका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् ।

यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ । रिना मंगलबार मात्रै माइतबाट ससुरा फर्किएकी थिइन् ।

मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डिएसपी जयसवारको भनाइ छ । घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन ।

धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग भएको थियो । जसमा माइती पक्षले लत्ता, कपडा, भाडा बर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवलले बताए ।

विवाहको केही दिन दाम्पत्य जीवन राम्रै चलेपनि पछिल्लो समय थप दाइजो माइतबाट ल्याउन भनी छोरी रिनालाई पतिसहित घरपरिवारले निरन्तर झैझगडा, कुटपिट तथा यातना दिने गरेको बुबा नवलको भनाइ छ ।

बुबा नवलका अनुसार घटना भएको एकदिन अघि रक्षाबन्धनमा छोरी माइत आएकी थिइन् । निराश देखिएकी छोरी रिनाले आफूलाई थप दाइजोको लागि कुटपिट गर्ने गरेको बताएपछि भोलिपल्ट मंगलबार आफैं गएको बुबा नवलको भनाइ छ ।

‘दिउँसो म आफैं छोरीलाई लिएर पुगेको थिएँ । समाजका भद्रभलादमीको रोहबरमा कुनै प्रकारको कुटपिट तथा यातना नदिन घरपरिवारलाई सम्झाएर फर्केको थिएँ । फर्किने बेला छोरीले मलाई छाडेर नजानुस्, फेरि कुटपिट गर्छन् भनेर रोक्न खोजेकी थइन् । मैले त्यसो गर्दैन सम्झाइबुझाइ गरेको छु भनेर फर्के,’ बुबा नवलले भने, ‘रातिमै मृत्यु भयो भनेर ज्वाइँले फोन गरे । छरछिमेकसित बुझ्दा अबेर रातिसम्म घरमा झैझग्डा भएको थाहा पायौं । दिउँसो ठीकठाक छोरी राति बिरामीको बहाना बनाएर सुनियोजित हत्या गरेका छन् ।’

बुबा नवलका अनुसार त्यसअघि पनि छोरी रिनालाई यातना दिँदा गाउँसमाजमा छलफल भई परिवारजनलाई सम्झाइबुझाइ गरिएको थियो ।

छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ ।

ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको हो ।

जाहेरी परेको डिएसपी जयसवारले बताए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर