_H3CQAP3F6p.png)
ब्राजिल । ब्राजिलको फोर्टालेजा कारागारमा रहेका दुई जना खतरनाक अपराधी महिलाको भेष बदलेर जेलबाट भाग्ने प्रयास गरेका छन् । उनीहरूले कैदीका परिवारले भेट्ने समयमा त्यहाँबाट निस्कने प्रयास गरेका हुन् ।
फ्रान्सिस्को अटिला र कार्लोस एन्टोनियो सिएरा नामक आपराधिक समूहका सदस्य हुन् । उनीहरूमाथि लागु औषध तस्करी, लुटपाट र हत्याको आरोप छ । कारागारबाट महिला बनेर भाग्ने प्रयास गरे पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
दुई कैदीले सेतो टिसर्ट, गुलाबी स्कर्ट, कालो नक्कली कपाल लगाएर त्यहाँ अन्य कैदीलाई भेट्न आएका परिवारका सदस्यसँगै काराकारबाट निस्कने खोजेका थिए । तर, कारागारका सुरक्षाकर्मीले उनीहरूलाई चिनिहाले । कारागार बाहिर कदम राख्न अघि नै उनीहरूलाई पक्राउ गरिएको थियो ।







