Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

जसपा नेपालको केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय

प्रतिक्षा खबर
२०८१ श्रावण २६, शनिबार १८:३२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय  समिति बैठकका लागि एजेन्डाहरू तय गरिएको छ । पार्टीको नव गठित केन्द्रीय समितिको बैठक आइतबारदेखि ललितपुरस्थित थसी बैंक्वेटमा सुरु हुँदैछ ।

बैठक साउन ३० गतेसम्म चल्नेछ । बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ । गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको पार्टीको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ पनि लिने छन् ।

जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा पार्टीको महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । अध्यक्ष यादवले असार २७ गते नौ जना कार्यकारिणी सदस्यसहित २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका थिए ।

पार्टी अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले दिएको जानकारी अनुसार बैठकका लागि १० वटा एजेन्डा र कार्यसूचीहरू तय गरिएको छ । यस्ता छन् बैठकका एजेन्डा:

१. वर्तमान भू-राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध ।

२. नेपालको वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा हाम्रो पार्टीको भूमिका ।

३. नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय जातीय मुक्तिको सवाल ।

४. नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा |

५. जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा ।

६. संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा ।

७. स्थानीय तह (२) प्रदेश सभा र (३) संसद्मा पार्टीको भूमिका ।

८. पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा ।

९. देशव्यापी रूपमा जनपरिचालन अभियान (सदस्यता वितरण, संगठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रमहरू) । उपरोक्त सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माण लगायत सम्बन्धमा ।

१०. उपरोक्त अभियान सम्बन्धी कार्यक्रमहरू सम्पन्न गर्न समय अवधि निर्धारण गर्ने र केन्द्रीय समितिमा रहनु भएका प्रत्येक सदस्यहरूलाई जिल्ला / महानगर/नगर लगायत स्थानीय तहहरूको अभियन्ताको रूपमा जिम्मेवारी एवम् दायित्व तोक्ने सम्बन्धमा ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर