Advertisement
ताजा खबर
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी

उपेन्द्र यादवबाट छुट्टिएको जसपाको केन्द्रीय समिति बैठकमा १२१ केन्द्रीय सदस्य उपस्थित

प्रतिक्षा खबर
२०८१ असार १२, बुधबार १६:५१

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर गठन भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

समाखुशीको एक पार्टी प्यालेसमा जारी बैठकमा १२१ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको एक नेताले जानकारी दिए ।

३१ जना केन्द्रीय सदस्य लिएर राईको नेतृत्वमा जसपा दर्ता गरिएकाे थियो । तीसहित १२१ जना केन्द्रीय सदस्य बैठकमा उपस्थित रहेको बताइएको छ ।

जसपा नेपालको महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू पनि  अशोक राई नेतृत्वको जसपामा आउन थालेका छन् ।

जसपाको बैठक बिहीबारसम्म जारी रहने छ । बुधबारको बैठकमा पार्टीका अध्यक्ष अशोक राईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

पार्टी विभाजनको औचित्य, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको पार्टी महासचिव इस्तियाक राईले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर