Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

अनुभवी भारत र महत्त्वाकांक्षी अफगानिस्तान आपसमा भिड्दै

प्रतिक्षा खबर
२०८१ असार ६, बिहीबार १६:२१

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा बिहीबार भारत र अफगानिस्तानबिच ‘सुपर–८’ चरणमा भिडन्त हुँदैछ । खेल बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा नेपाली समयअनुसार, राति २०ः १५ बजे सुरु हुनेछ ।
‘सुपर–८’ चरणमा भारत र बङ्गलादेश ‘समूह–१’ मा परेका छन् । त्यो समूहमा अस्ट्रेलिया र बङ्गलादेश पनि रहेका छन् । ‘सुपर–८’ चरणमा ‘समूह–१’ अन्तर्गत खेल्न लागिएको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय बरीयतामा भारत पहिलो र अफगानिस्तान १० औँ स्थानमा छन् ।
प्रारम्भिक चरणमा भारतको प्रदर्शन
प्रारम्भिक चरणमा भारत र अफगानिस्तान फरक समूहमा परेका थिए । भारत समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर–८’ चरणमा पुगेको हो । अफगानिस्तान भने समूह ‘सी’ को उप–विजेता बन्दै ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो ।
भारतले प्रारम्भिक चरणमा आफूले खेलेका चारमध्ये तीन खेलमा जित हात पारेको थियो । भारतको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । भारतले पहिलो खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको थियो ।
यसैगरी भारतले आफ्नो दोस्रो खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हासिल गरेको थियो । आफ्नो तेस्रो खेलमा भारतले आयोजक अमेरिकालाई सात विकेटले हराएको थियो । भारत र क्यानडाबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
प्रारम्भिक चरणमा भारतले बनाएको उच्च स्कोर एक सय १९ रन हो । पाकिस्तानविरुद्धको खेलमा १९ ओभरमा अलआउट हुनुअघि भारतले त्यो स्कोर बनाएको हो । प्रारम्भिक चरणमा भारतको नेट रन रेट १.१३७ रहेको थियो ।
प्रारम्भिक चरणमा अफगानिस्तानको प्रदर्शन
अफगानिस्तानले पनि प्रारम्भिक चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित हात पारेको थियो । अफगानिस्तानको टोली एक खेलमा भने पराजित भएको थियो । अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले हराएको थियो ।
दोस्रो खेलमा अफगानिस्तानले बलियो टेस्ट राष्ट्र न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो । तेस्रो खेलमा अफगानिस्तानले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी पपुवा न्यु गिनीलाई सात विकेटले हराएको थियो ।
यसैगरी आफ्नो चौथो खेलमा अफगानिस्तानको टोली दुई पटकको च्याम्पियन वेस्ट इन्डिजसँग एक सय चार रनले पराजित भएको थियो । प्रारम्भिक चरणमा अफगानिस्तानले बनाएको उच्च स्कोर पाँच विकेट गुमाएर एक सय ८३ रन हो । अफगानिस्तानले त्यो स्कोर युगान्डाविरुद्ध बनाएको थियो ।
अफगानिस्तानले प्रारम्भिक चरणको चारवटै खेलमा एक सयभन्दा बढी रन बनाएको थियो । न्युजिल्यान्डविरुद्ध पनि अफगानिस्तानले ६ विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । अफगानिस्तानको नेट रन रेट १.८३५ रहेको थियो ।
भारतका सफल ब्याट्सम्यान र बलर
जारी विश्वकपको प्रारम्भिक चरणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा माथिल्लो २० स्थानभित्र कुनै पनि भारतीय खेलाडीको उपस्थिति छैन । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा भारतका ऋषभ पन्त २४ औँ स्थानमा छन् । उनले तीन खेलमा कुल ९६ रन बनाएका छन् ।
भारतका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा कप्तान रोहित शर्मा दोस्रो स्थानमा छन् । उनले तीन खेल खेल्दै कुल ६८ रन बनाएका छन् । सूर्यकुमार यादवले पनि समूहगत चरणमा भारतका लागि ५९ रन बनाएका छन् ।
यसैगरी समूहगत चरणमा भारतका लागि सर्वाधिक विकेट लिने बलर हार्दिक पाण्ड्या हुन् । उनले तीन खेलमा सात विकेट लिएका छन् । अर्का भारतीय बलर अर्शदीप सिंहले पनि सात विकेट लिएका छन् । जसप्रित बुमराहले पाँच विकेट हात पारेका छन् ।
अफगानिस्तानका सफल ब्याट्सम्यान र बलर
जारी विश्वकपको समूहगत चरणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा अफगानिस्तानका खेलाडीहरू अगाडि छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा अफगानिस्तानका रहमानुल्लाह गुरबाज तेस्रो स्थानमा छन् ।
रहमानुल्लाह गुरबाजले चार खेलमा कुल एक सय ६७ रन बनाइसकेका छन् । यो सूचीमा पाँचौँ स्थानमा पनि अफगानिस्तानकै खेलाडी इब्राहिम जदरान रहेका छन् । उनले चार खेलमा कुल एक सय ५२ रन बनाएका छन् ।
यसैगरी समूहगत चरणमा सर्वाधिक विकेट लिने बलरको सूचीमा अफगानिस्तानका खेलाडी फजालहक फारुकी पहिलो स्थानमा आसिन छन् । उनले चार खेलमा कुल १२ विकेट लिइसकेका छन् । अफगानिस्तानका रासिद खानले पनि चार खेलमा ६ विकेट लिइसकेका छन् ।
टी–२० विश्वकप र भारत
भारतले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । त्यसैले टी–२० विश्वकपमा भारतको यो नवौँ सहभागिता हो । भरत टी–२० विश्वकपको पूर्वविजेता पनि हो ।
भारतले पहिलो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला भारतले फाइनलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो । त्यसपछि सन् २०१४ मा पनि भारत टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको थियो ।
त्यसयता भारत टी–२० विश्वकपको फाइनलमा पुग्न सकेको छैन । भारतले टी–२० विश्वकपमा हालसम्म कुल ४७ खेल खेलेको छ । भारतले त्यसमध्ये ३० खेलमा जित र १५ खेलमा हार भोगेको छ । भारतको एक खेल बराबरी र एक खेल अनिर्णीत रूपमा सकिएको छ ।
टी–२० विश्वकप र अफगानिस्तान
आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानको यो सातौँ सहभागिता हो । अफगानिस्तानले सन् २०१० देखि टी–२० विश्वकपमा सहभागिता जनाउन थालेको हो । टी–२० विश्वकपमा अफगान टोलीको उत्कृष्ट प्रदर्शन ‘सुपर–८’ चरण हो ।
अफगानिस्तान जारी संस्करणको ‘सुपर–८’ चरणमा पुगेको हो । अफगानिस्तानले टी–२० विश्वकपमा हालसम्म कुल २६ खेल खेलेको छ । अफगानिस्तानको टोली त्यसमध्ये १० खेलमा विजयी भएको छ । बाँकी १६ खेलमा भने अफगानिस्तानले हार बेहोरेको छ ।
टी–२० अन्तर्राष्ट्रियमा दुई टोलीबिच भिडन्त
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म भारत र अफगानिस्तानबिच कुल आठ खेल खेलिएको छ । त्यसमा भारतीय टोली निकै बलियो देखिएको छ । यी दुई टोलीबिच खेलिएको कुल आठमध्ये सबै खेलमा भारत विजयी भएको छ ।
पछिल्लो पटक यी दुई टोलीबिच गत जनवरीमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिएको थियो । जनवरी ११ तारिखमा खेलिएको पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । जनवरी १४ तारिखमा खेलिएको दोस्रो खेलमा पनि भारत ६ विकेटले नै विजयी भएको थियो ।
तर, जनवरी १७ तारिखमा खेलिएको शृङ्खलाको तेस्रो खेल भने निकै रोमाञ्चक थियो । त्यो खेलमा अफगानिस्तानले भारतलाई गतिलो चुनौती दिएको थियो । त्यो खेलमा भारतले चार विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो ।
अफगानिस्तानले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १२ रन नै बनाएको थियो । त्यसपछि खेल सुपर ओभरमा गयो । पहिलो सुपर ओभर पनि बराबरीमा सकियो । पहिलो सुपर ओभरमा दुवै टोलीले एक विकेट गुमाएर १६ रन बनाएका थिए ।
त्यसपछि खेल दोस्रो सुपर ओभरमा गयो । दोस्रो सुपर ओभरमा भने भारतले अफगानिस्तानलाई १० रनले पराजित ग¥यो । यसरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक दोस्रो सुपर ओभरमा पुगेर हार–जितको निर्णय भएको थियो ।
टी–२० विश्वकपमा दुई टोलीबिच भिडन्त
भारत र अफगानिस्तानबिच हालसम्म टी–२० विश्वकपमा तीन खेल खेलिएको छ । त्यसमध्ये तीनवटै खेलमा भारतले अफगानिस्तानलाई हराएको छ । सन् २०१० को टी–२० विश्वकपमा भारतले अफगान टोलीलाई सात विकेटले हराएको थियो ।
त्यसपछि सन् २०१२ मा खेलिएको टी–२० विश्वकपमा पनि भारतले अफगानिस्तानलाई २३ रनले पराजित गरेको थियो । पछिल्लो पटक यी दुई राष्ट्रबिच सन् २०२१ को टी–२० विश्वकपमा भिडन्त भएको थियो । त्यो खेलमा भारत ६६ रनले विजयी भएको थियो ।
तथ्याङमा अफगानिस्तानभन्दा भारत निकै बलियो देखिन्छ । तर, पछिल्लो समय अफगानिस्तानको प्रदर्शन अब्बल देखिन्छ । अफगानिस्तानले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको स्वाद चाख्ने उच्च महत्वाकांक्षा पाल्दै आएको छ । त्यसैले यी दुई टोलीबिचको भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
केनसिङ्टन ओभलको पिच
बार्बाडसको ब्रिजटाउनस्थित केनसिङ्टन ओभलको पिचमा टस जित्ने टोलीले पहिले फिल्डिङको निर्णय लिने गरेका छन् । यो स्टेडियममा समूहगत चरणको कुल पाँच खेल लिएको थियो । त्यसमध्ये दुई खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका थिए ।
एक खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका थिए । बाँकी दुईमध्ये एक खेल बराबरी र एक खेल अनिर्णीत रूपमा सकिएको थियो । यो स्टेडियममा बनेको उच्च स्कोर दुई सय एक रन हो । यो स्टेडियममा बन्ने औसत रन एक सय ४८ हो ।
वर्षाको सम्भावना कम
भारत र अफगानिस्तानबिच खेल हुने दिन बिहीबार बार्बाडसमा वर्षाको सम्भावना निकै कम रहेको समाचारमा जनाइएको छ । बार्बाडसको आकाश भने दिनभर बादलले ढाकेको हुनेछ । तर, वर्षाको सम्भावना भने निकै कम छ । बार्बाडसको तापक्रम २८ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहने छ ।
सम्भावित टोली
भारत : रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज ।
अफगानिस्तान : राशिद खान (कप्तान), इब्राहिम जदरान, रहमानुल्लाह गुरबाज, गुलबदिन नाइब, अजमतुल्लाह ओमरजाई, मोहम्मद नाबी, नजिबुल्लाह जदरान, करिम जनत, नुर अहमद, नविन उल हक र फजालहक फारुकी ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर