• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाधिवेशनबाट नटुङ्गिएको कार्यसमिति उपेन्द्र यादवले कहिले टुङ्ग्याउला


महाधिवेशनबाट नटुङ्गिएको कार्यसमिति उपेन्द्र यादवले कहिले टुङ्ग्याउलान् ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता महाधिवशेन सम्पन्न भएको झण्डै एक साता हुन लाग्दा पनि पदाधिकारी चयन नहुँदा नेता तथा कार्यकर्तामा छटपटी बढेको छ ।

जसपा नेपालको अध्यक्षमा आफू सर्वसम्मतिले चयन भएपछि उपेन्द्र यादवले बाँकी पदाधिकारी पनि सर्वसम्मतिले चयन गर्ने भन्दै त्यसको जिम्मा आफैँसँग राखेका छन् । तर अहिलेसम्म उनले पदाधिकारी चयन गरेका छैनन् ।

जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा जसपा नेपालको एकताको महाधिवेशन भएको थियो । जसअनुसार नयाँ नेतृत्वका लागि ३० गते उम्मेदवारी परेको थियो । जसपाको अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको थियो ।

सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिवलगायतका पदमा कडा प्रतिस्पर्धा हुने अवस्था आयो । जेठ ३१ गतेमात्र सबै उम्मेदवारको टुङ्गो लाग्यो भने चुनावको सबै तयारी पूरा भएको थियो ।

तर त्यही दिन दिउँसो अचानक चुनाव स्थगित भयो । सबै उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिए भने सबै पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइयो ।

उम्मेदवारी फिर्ता लिएर चुनावी प्रक्रिया समाप्त गर्नुभन्दा पहिले उपेन्द्र यादवलाई निर्वाचन समितिले अध्यक्ष पदमा शपथ गराएको थियो । शपथ लिएर नयाँ कार्यकाल सम्हालिसकेपछि अध्यक्ष यादवले नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचन स्थगित गराएर पदाधिकारी तथा सदस्य चयनको जिम्मेवारी लिएका थिए ।

महाधिवेशन सम्पन्न भएको ६ दिन भइसके पनि केन्द्रीय समिति बनाउने कुनै सुरसार देखिएको छैन । २०१ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय पदाधिकारी २० जना हुनेछन् भने त्यसमा खुला १६ जना र चार जना महिला अनिवार्य रहने भनिएको छ । केन्द्रीय सदस्य १८१ जनामध्ये खुला १२१ जना छन् भने ६० जना महिला अनिवार्य गरिएको छ ।

केन्द्रीय पदाधिकारीमा एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, उपाध्यक्ष पाँच जनामध्ये एक जना महिला अनिवार्य गरिएको छ । महासचिव दुई जना र उपमहासचिव तीन जना रहने व्यवस्था छ । तीन उपमहासचिवमध्ये एक जना महिला अनिवार्य हुने प्रावधान छ । सचिवमा सात जना हुने छन्, त्यसमध्ये दुई जना महिला अनिवार्य हुने भनिएको छ । कोषाध्यक्ष एक जना रहनेछ ।

यीमध्ये अध्यक्षमात्र चयन भएको छ । पदाधिकारीसहित पूरै केन्द्रीय समिति चयन गर्न बाँकी छ । पदाधिकारीसहित केन्द्रीय समिति चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिए पनि अध्यक्ष यादवले अन्य नेतासँग पनि सल्लाह सुझाव लिने भएका छन् ।

जसपा नेपालका एक नेताले भने, ‘चुनाव भएको भए टन्टा साफ हुन्थ्यो । अब कुरा अध्यक्षजीको हातमा गएको छ । उहाँले अब आफ्नो तरिकाले गर्नुहुन्छ ।’

पार्टी विभाजन भएकाले केही गडबड भयो भने नेताहरू यताउता लाग्छन् कि भन्ने चिन्ता पनि उपेन्द्र यादवलाई छ । पछिल्लो समय उपेन्द्र यादवलाई भेट्न जाने नेताहरू सबैजसोलाई उनले आश्वासन दिने गरेको ती नेताले बताए । केन्द्रीय समिति बनाउने जिम्मेवारी पाएपछि अध्यक्ष यादव झन् शक्तिशाली भएको र अहिले सबै नेता उनकै वरिपरि घुमिरहेको ती नेताको भनाइ छ ।

अध्यक्ष उपेन्द्र यादव निकट एक नेता भन्छन्, ‘अध्यक्षजीले आन्तरिक छलफल सुरु गरिसक्नु भएको छ, नेताहरूसँग छलफल गरिसक्नु भएको छ । उम्मेदवारी दिएका सबै आकांक्षी छन् । ती सबैलाई व्यवस्थापन गर्न अध्यक्षजीलाई चुनौती छ । यसको टुङ्गो चाँडै लाग्लाजस्तो लाग्दैन ।’

महासचिवका उम्मेदवार रहेका जसपा नेपालका नेता मनिष सुमनले महाधिवेशनले अध्यक्ष यादवलाई सम्पूर्ण जिम्मेवारी दिइसकेका कारण पदाधिकारी तथा केन्द्रीय समिति सदस्य चयनको काम भइरहेको हुन सक्ने बताए । उनले भने, ‘काठमाडौँ आएपछि अध्यक्षजीसँग मेरो भेटघाट छैन, उहाँले केही न केही गरिरहनु भएको होलाजस्तो लाग्छ । चाँडै टुङ्गिने छ भन्ने विश्वास गरौँ अहिलेलाई ।’

महाधिवेशनबाट विभिन्न पदमा जाने आकाङ्क्षा राखेका धेरैजसो नेता पछिल्लो समय निराश देखिएका छन् । कतिपय नेता आफू चुनाव जित्नेमा ढुक्क थिए । त्यही अनुसार तयारी पनि थालेका थिए । त्यही अनुसार प्रचारप्रसार र खर्च पनि गरेका थिए तर अचानक चुनाव स्थगित भएपछि ती नेता निराश देखिएका छन् ।

चुनाव जित्ने सम्भावना नभएका आकाङ्क्षीलाई भने अहिले सजिलो भएको छ । महासचिवका उम्मेदवार अशोक यादवले महाधिवेशनमा चुनाव हुँदा नै राम्रो हुन्थ्यो भन्ने तर्क गरे । तर सबैले अध्यक्ष यादवलाई नै जिम्मेवारी दिइसकेपछि त्यसकै मर्म अनुसार कार्यसमिति तयार हुन्छ भन्ने कुरामा आफूलाई विश्वास लागेको उनले बताए ।

हिमाल, पहाड, तराई सबैलाई समेट्ने गरी महाधिवेशनको मर्म अनुसार कार्यसमिति बनाउनेमा सबै विश्वस्त रहेको उनको भनाइ छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव
अन्तर्राष्ट्रिय

एकडाराको गौरव दोब्बरः उज्ज्वल झाको जित र बालेन्द्र शाहको प्रधानमन्त्री पदसँगै गाउँमा उत्सव

५ असार २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

५ असार २०८१, मंगलवार
अन्तर्राष्ट्रिय

प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत

५ असार २०८१, मंगलवार
बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक
अन्तर्राष्ट्रिय

बालेनले बोलाए अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक

५ असार २०८१, मंगलवार
Next Post
पर्सामा चार सय सीमास्तम्भ मर्मत

पर्सामा चार सय सीमास्तम्भ मर्मत

संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

संसद् भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh