Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

चर्चामा महेश यादव, मुख्यमन्त्रीको उम्मेदवार सतिश सिंह

प्रतिक्षा खबर
२०८१ जेष्ठ २४, बिहीबार १४:५३

जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीले सो निर्णय गरेको प्रदेश सांसद अनिता कुमारी साहले बताइन् । संसदीय दलको बैठकबाट सिंहलाई सर्वसम्मतिले मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको उनले बताइन् ।
यसअघि मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवको चर्चा थियो । मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदासम्म महेश यादवको चर्चा थियो ।
सरोज यादवले विश्वासको मत लिँदा बहुमत नपाएपछि प्रदेशसभामा सबैले महेश यादवलाई नै अगामी मुख्यमन्त्रीका लागि बधाई दिँदै थिए । तर आज संसदीय दलको बैठकले शतिश सिंहको बारेमा निर्णय गरेको छ ।
जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले भने, ‘महेशजीको नाम बाहिर चर्चामा थियो तर पार्टीको आधिकारिक निर्णय थिएन आज बसेको प्रदेशको संसदीय दलको बैठकले सतिश सिंहको बारेमा निर्णय गरेको हो ।
‘प्रदेशसभामा जति प्रदेश सांसद छन् ती सबै मुख्यमन्त्री बन्न लायक छन् तर त्यसमध्ये एक जना बन्ने हो, त्यसमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ’ उनले भने ।
यद्यपि उनले मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने अनिवार्य नरहेको बताए । साहले भने, ‘मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनैपर्छ भने छैन पार्टीले जसका लागि पनि निर्णय गर्न सक्छ ।
‘संविधानको धारा १६८ को उपधारा (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ’ भनिएको छ ।
उपधारा (२) को १ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ । सतिश सिंहलाई सोही उपधारा अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिनेछ ।
त्यसैगरी, आज सबेको जनमत पार्टीको संसदीय दलको बैठकले राज्यमन्त्रीमा रञ्जु मण्डल खँगलाई पठाउने निर्णय समेत गरेको छ । तर उनलाई कुन मन्त्रालयमा पठाउने टुगों लागेको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर